Tag: Kaligandaki

सतर्क रहनुहोस : Pls Share

बिशेषगरि हिंजोदेखि भारत( राजस्थान, लखनउ, उत्तर प्रदेश लगायत ) बाट नेपालतर्फ आएको आंधी ( Dust Strom ) को कारण धुलो मिसिएको हिलेबर्षा तथा माटेबर्षा भइरहेको छ । वायुमण्डलमा धूलो सघन रहंदा यस्तो बर्षामा बिभिन्न हानिकारक पदार्थ, रासायनिक पदार्थ, जीवाणु आदि समेत हुने भएकोले केहि दिन बर्षाको पानी प्रयोग नगर्नुहोला । यस्तो पानी संकलन नगर्नुहोला । यो पानीको सेवन गरेमा झाडाबान्ता, टाइफाइड, जन्डिसजन्य समस्या, छालाको एलर्जी, आँखाको एलर्जी तथा अन्य महामारी फैलिने सम्भावना हुन्छ ।

कथंकदाचित हिंजोको पानी ट्यांकीको पानीमा मिसिएको छ भने उक्त पानी निकालेर ट्यांकी सफा गर्नुहोला वा पानीमा क्लोरिन चक्की, पियुष आदि राखेर, उक्त पानीलाई फिल्टर गरेर एबम १५ मिनेट उमालेर मात्र प्रयोग गर्नुहोला ।

सकभर यस्तो पानीमा नभिज्नुहोला । पानी नपर्ने समयमा पनि उक्त मसिनो धुलोबाट बच्न राम्रो गुणस्तरको मास्क लगाउने, आँखा पुरै छोपिने चस्मा तथा शरीर पुरै छोपिने खालका कपडाको प्रयोग गर्नुहोला । बालबालिका, बृद्धबृद्धा, बिरामी तथा श्वासप्रश्वासका बिरामीलाई बिशेष ख्याल गर्नुहोला।

जनचेतनाको लागि डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ

चैत ३ देखी १३ सम्म श्री रामकथा ज्ञान विज्ञान महायज्ञ

कालिगण्डकी उत्तरवाहिनी क्षेत्र पाल्पाको असेर्दी र स्याङ्जा जिल्लाको मालुङ्गामा प्राकृतिक चिकित्शालय र आधुनिक गुरुकुल निर्माण गरिने भएको छ । प्राकृतिक अस्पताल र आधुनिक गुरुकुल निर्माण गर्ने उद्देश्यले उत्तरबाहिनी क्षेत्रमा आज (चैत ३ देखी १३ सम्म) श्री रामकथा ज्ञान विज्ञान महायज्ञ सुरु हुन लागेको हो ।

कुल ३ अर्ब ९५ करोडको परियोजनाका लागि कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले अभियान थालनि गरेको हो । कालीकगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले कालीगण्डकी कालिगण्डकीको पर्यटन प्रवद्र्धन गर्न, हिन्दू धर्मको संरक्षण, कालीगण्डकी नदी, शालिग्रामको महिमा बढाउन, ऊँकार चक्रशिला संरक्षण, योगध्यान निर्माण, आध्यात्मिक केन्द्र निर्माण गर्न महायज्ञ निर्माण गर्न लागिएको आयोजकले जनाएको छ । महायज्ञका सहसंयोजक पदम अर्यालले ३ अर्ब ९५ करोडको गुरुयोजना सहित महायज्ञ गर्न लागिएको बताए । उनी भन्छन्, ‘गत वर्ष गीता कथावाचन सहित महायज्ञ गरेर ट्रस्ट निर्माण गरेका छौं । अब बृहत्तर विकासका लागि कार्यक्रम गर्न लागेका छौं ।’

विज्ञानलाई ज्ञानका माध्यमबाट कथा प्रवचन गरेर विश्वमा नाम कमाएका चैतन्य कृष्णले महायज्ञ आतङ्क भएको बताएका छन् । उनले स्वार्थबाट अभिप्ररित भएर महायज्ञ लगाउँदा दान गर्नेहरुमा आतङ्क छाएको बताएका हुन् । ‘दान भन्ने कुरा मागेर पाईने होईन । सेवाको भावनाले प्ररित दानमात्र वास्तविक दान हो । महायज्ञ धेरै भएका छन् । हामी कसैसँग केही नमागेर यज्ञ गर्दैछौं,’–चैतन्यले भने ।

निमन्त्रणा:

🌹🌹सम्पूर्ण मा हार्दिक निमन्त्रणा 🌹🌹

अन्य क्षेत्र बार बार – उत्तर गण्डकी एकबार !!!

बृहद् धार्मिक पर्यटकीय स्थल निर्माणार्थ महाअभियानमा छौ !

यो निमंत्रणा शेयर गरेर हजारौ भक्तजन समक्ष पुर्‍याऔँ ।

स्याङ्जा र पाल्पाको संगम स्थल कालीगण्डकीतट उत्तरवाहिनी क्षेत्र महालिङ्ग धाम मालुङ्गा/ हुँगीमा यही चैत्र ३ देखि ११ गते सम्म योगध्यान प्रशिक्षण केन्द्र, प्राकृतिक शिक्षण अस्पताल, आधुनिक गुरुकुलसहितको वृहत्तर पर्यटकीय धार्मिक तीर्थस्थल निर्माणार्थ #विशाल_महायज्ञ आयोजना गरिएको हुँदा यहाँहरूको उपस्थितिका लागि सादर निमंत्रणा गर्दछौँ ।

आयोजक : श्रीकालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान

स्वाइनफ्लु लाग्नबाट कसरी बच्ने?

स्वाइनफ्लु सरुवा रोग हो। यो एक स्थानबाट अर्को स्थानमा चाँडै फैलन सक्छ। त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ। सरकारको इपिडिमियोलोजी रोग महाशाखाले पत्रकार सम्मेलन गरेर स्वाइनफ्लु भाइरस फैलिएकाले सबैलाई सचेत हुन विशेष आग्रह गरेको छ।

मिर्मी नजिकको र दैनिक यातायातमा अोहोर-दोहोर हुने  स्याङजाको वालिङमा १८४३ जनाको जाँच गर्दा ६२८ जनामा रुघाखोकी र सय जनामा जाँच गर्दा ४० जनामा उच्च ज्वरो देखिएको छ। वालिङमा स्वाइनफ्लुको महामारी फैलन सक्ने भन्दै सरकारी डाक्टर टोली त्यहाँ औषधिसहित पुगगेको महाशाखाका निर्देशक भीम आचार्यले बताएका छन्। अन्य ठाउँबाट जानकारी नआइसकेको उनले बताए।

अहिलेसम्म ६ जनाको मृत्यु र २०२ जनामा स्वाइनफ्लु देखिएको आचार्य बताउँछन्। यो संख्या बढ्दै जान सक्ने उनले सचेत गराएका छन्।

कसरी बच्ने? उपचार: 

निर्देशक आचार्यका अनुसार ‘टमिफ्लु’ नामक भ्याक्सिन लगाएमा एचवानएनवान नामक भाइरसले शरीरमा संक्रमण गर्दैन। यो १ वर्षसम्मको लागि हुन्छ। एक डोजको लागि १२ सय पर्ने भएकाले अनावश्यक मानिसले भ्याक्सिन नलगाउँदा पनि केही नहुने आचार्य बताउँछन्। 

आचार्यका अनुसार स्वाइनफ्लु भइसकेपछि स्वासप्रस्वास बन्द हुने, शरिरका अंगहरु फेल हुने, पाचन प्रणालीले काम नगर्ने र अचेत हुने जस्ता जटिल अवस्था देखा पर्छ। त्यसैले रुघाखोकी र ज्वरो मात्र आएमा पनि स्वास्थ्य संस्थामा जानुपर्ने आचार्य बताउँछन् । 

सन्२००९ बाट स्वाईन फ्लू महामारीको रुप लिएको पाईन्छ। बार्षिकरुपमा swine flu vaccine लिएमा यसको रिस्कबाट बच्न सकिन्छ। सुंगुरमा लाग्ने यो रोग २००९ बाट मान्छेमा समेत भेटिएको हो। यो सरुवा रोग भएकाले रोगलागेको मान्छे मान्छेको हुलमा नजाने, उपचार गर्ने र सके सम्म साधारण रुघा लागे पनि चेक गराउने गरौं। 

The best means of dealing with swine flu is to prevent it. Hand sanitization is important to stop the spread of the virus. Staying away from infected people will help stop person-to-person transmission.

Like other strains of the flu, H1N1 is highly contagious, allowing it to spread quickly from person to person. A simple sneeze can cause thousands of germs to spread through the air. The virus can linger on tables and surface areas like door knobs, waiting to be picked up.

कालीगण्डकीले बगाएर एक किशोर बेपत्ता

स्याङ्गजा

गल्याङ नगरपालिका वडा न ११ जिमुहाँ विराैटा घाट कालीगण्डकीमा करिव १२ वजेकाे समयमा पाैडी खेल्दै गरेका गल्याङ नगरपालिका वडा न ६ पीडिखाेला निवासी बर्स १९का दिनेश सुनार बेपत्ता भएका हुन ।

लेवर काम गरेर अाफ्नाे जिवीका निर्वाह गरेका सुनार वुटवल पावर कम्पनीका लागि ढंुग संङकलन गरेका र केही समय पाैडी खेल्न गएकाे उनका साथी संगै लेवरकाम गरेका पर्बत जिल्ला देउराली गाउँपालिका वडा नं ९ वस्ने बर्स १५का डेमु परिवारले जनाएकाे प्रहरी चाैकी गल्याङका प्रमुख जगदीश तिमिल्सिनाले जानकारी गराउनु भएकाे थियाे । बेपत्ता भएका सुनारकाे खाेजी जारी रहेकाे  प्रहरीले जनाएकाे छ।

मिर्मीमा अहिले सम्म कै नमूना निर्बाचन

मिर्मीमा अत्यन्त शान्त र नमूना निर्बाचन सम्पन्न भएको छ।

त्यस्तै विर्घा, आलमदेवी, जैपते, देउरालीमा पनि  शान्त र सफल निर्बाचन सम्पन्न भएको छ।

(चण्डीभन्ज्यानमा भने हाम्रा  प्रतिनिधिसाथि नभएकोले स्पस्ट समाचार प्राप्त छैन। )

कालिगण्डकी गाउँपालिका वडा नं ७ को मतदान केन्द्रमा निकै नै शान्तिपुर्बक तरिकाले निर्वाचन सम्पन्न भएको छ । १५३७ जना मतदाता रहेको भगवति मावि केन्द्रमा कुल १२०५ मत खसेको छ । जसमा महिलाले ६६४ र पुरुषले ५४१ मत खसालेका थिए । मतदान अवधि भर कैद गरिएका तस्विरहरु:

फोटोमा- कालीगण्डकी गाउँपालिका वडा नम्बर तीन आलमदेवि स्थित अमरदीप आधारभुत विद्यालय मतदान केन्द्रमा एक सय पन्ध्र वर्षिया दमन्ती थापाले मत खसाल्दै ।

भाटखोलामा पनि निर्वाचन अहिलेसम्म कै सौहार्दपूर्णरुपमा सम्पन्न भएको मिर्मी डट कमसँग कुरा गर्दै हाम्रा साथिले तस्विर पठाईदिनु भएको छ।

संघिय संरचना अनुसार प्रदेश नं 4 अन्तरगत कालीगण्डकी गाउपालिका -1 स्याड़्जाको प्युघा निमावि मतदान केन्द्रमा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको छ।

प्युघा

स्याङ्जामा शान्तिपूर्ण रुपमा मतदात कार्य सम्पन्न भएको छ । स्याङ्जामामा १,९१,२५३ मतदाता रहेकोमा १,३३,३७८ जना (६९.७३ प्रतिशत) मत (प्रारम्भिक तथ्यांक) खसेको छ । अब स्याङ्जामाका ५०७ जना जनप्रतिनिधीको भविष्य मतपेटिका कैद भएको छ ।

स्यंग्ज़ाका सबै जसो केन्द्रमा अति सौहार्दपुर्णरुपमा मतदानहरु सम्पन्न भएको खबर छ। नेपाल कै शिक्षित र सबल स्यंग्ज़ा बनाउन हजुरहरुको योगदानको हामी कदर गर्छौ। समृद समाजको सुरुवात आफ्नै घरबाट सुरु गरौ। चुनाव जस्ले जितोस्, समाज विकास मुख्य उद्देश्य हुनु पर्यो- वश: त्येही काफी छ।

५ नगरपालिका र ६ गाँउपालिका रहेको स्याङ्जामा कुल मतदाताको ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जानकारी दिएको छ । स्याङ्जामा १ लाख ९३ हजार मतदाता रहेका छन् भने २ सय ८० मतदान स्थल रहेका थिए ।

१९ वर्ष पछि भएको स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण वातावरणमा आफुहरुले मतदान गरेको मतदाताहरुले प्रतिक्रिया दिएका छन् । मतदाताहरुले घाम, भोक नभनि घण्टौ लाईनमा बसेर आफ्नो मन पर्ने उमेदवारलाई मतदान गरेका थिए ।

मतदानको समयमा वृद्धवृदा र अपाङ्गहरुलाई व्यवस्थीत तरिकाले मतदान गर्न लगाईएको थियो । मतदान समयमा हुन सक्ने अमानविय घटनालाई रोक्न ठुलो संख्यामा नेपाल प्रहरी, जनपथ प्रहरी र म्यादी प्रहरीको परिचानल गरिएको थियो भने बाहिरी सुरक्षामा नेपाली सेना रहेको थियो ।

मतदान सकिए लगत्तै मदपेटीका सम्वन्धीत नगरपालिका वा गाँउपालिकामा ल्याउने कार्य शुरुभएको छ । मतपेटीकाको सुरक्षा मतदान स्थलमा खटिएका सुरक्षाकर्मीले सुरक्षा दिएका छन् । मतगणना आझैबाट शुरु गरिने निर्वाचन अधिकृतको कार्यालयहरुले जानकारी दिएका छन् ।

तर, स्याङजाको छाङछाङदी ७ नम्बर सिङ्गो वार्डका स्थानीयबासीहरुले भने निर्वाचन नै बहिस्कार गरेको खबर प्राप्त भएको छ। साविकको छाङछाङदी गाविस ७ वार्डलाई वालिङ नगरपालिकामा गाभ्न माग गरिरहँदा स्थानीय र जिल्ला स्तरका नेताहरुले वालिङमा नै गाभ्न सहमति जनाउँदा जनाउँदै पनि अन्तिममा गएर भीरकोट नगरपालिकामा गाभेको विषयलाई लिएर चुनाव बहिस्कार गरेको स्थानियले बताएका छन।

 

Facebook Auto Publish Powered By : XYZScripts.com