Tag: Dina medical

देश कै एक नमुना बन्न सक्ने अस्पताल अहिले जिर्ण अवस्थामा

मिर्मीमा रहेको देश कै एक नमुना बन्न सक्ने अस्पताल अहिले जिर्ण अवस्थामा पुगेको छ। कालीगण्डकी -७ मा अवस्थित कृष्णगण्डकी हस्पिटल व्यवस्थाकिय कमजोरीका कारण अहिले सुनसान र अस्तव्यस्त भएका हो।

सुरुवातमा भौतिक पुर्वाधार र मानविय श्रोत भएर पनि दक्ष व्यवस्थापन र संरक्षणको अभावले यो स्थितीमा आएको त्यॉहा कार्यरत एक अधिकारीले बताए।

हस्पिटल म्यानेजमेन्टको अनुभव अभाव:

अस्पताल स्थापना पस्चात स्थानिय मिडीयामा विज्ञापनदेखि स्वास्थ्य शिविरहरुसम्म सँचालन गरिएको थियो। सतही अध्ययन गर्दा मारकेटिंन कम भएर भन्न सकिदैन। तर, हस्पिटल व्यवस्थापन अरु विजनेस जस्तो होईन। यो एउटा सेवा बेच्ने सेवा उद्दोग भित्रको अमूर्त  र मूर्त दुवै खाले अनुभव र सेवा बेच्ने विजनेस हो। ( Hospital Service Quality Accessment) का अनुसार ग्राहकको expected आशा गरिएको सर्विस हॉस्पिटलले दिन सकेन भने गैप gap सृजना हुन्छ र मान्छेहरु आउन छाड्छन।

अझै पनि भविस्य:

यस  क्षेत्रमा अझै पनि राम्रो र सुविधा सम्पन्न अस्पतालको अभाव छ। स्वास्थ्य उपचारको लागि अझै पनि पाल्पा र पोखरा दौडिनु पर्ने स्थिती छ। १५ वर्ष अगाडी जस्तो स्थिती थियो त्यस्तै छ। बरु लगानी बढाएर राम्रो जनशक्ती जुटाएर स्थापित र नयॉ दुवै थरि कर्मचारी भएर एक पटक फेरि व्यवस्थित अस्पताल बनाउन तिर लगानी कर्ताहरुले ध्यान दिएमा अॉफ्नै वावुआमा र छोराछोरीले अनाहकमा ज्यान गुमाउनु पर्दैनथ्यो।

स्थानिय चुनावबाट निर्वाचित प्रतिनिधिले समेत यस तर्फ ध्यान दिनुपर्ने स्थानियहरु वताउछन।

निशुल्क स्वास्थ्य शिबिर सम्पन्न:

बैशाख १५ गते शुक्रबार कृष्ण गण्डकी हस्पिटल प्रा लि मिर्मी मा सुलभ बचत तथा ऋण सहकारी सस्था लि मिर्मी को आयोजना मा निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ। शिविरमा प्राबिधिक र औसधि सहयोग – मेगनस प्रा. लि . र दिना मेडिकल हलले गरेको थियो।

 

Facebook Auto Publish Powered By : XYZScripts.com