Category: Careers

स्याङजा पुतलीवजारमा मतगणनाको तयारी

No Comments

कालिगण्डकी गाउपालिका ७ मिर्मीमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न भएको छ। स्याङजा जिल्लाको धेरै ठॉउमा मतदान सकिएर पुतलीवजारमा मतगणनाको तयारी गरिएको छ।  


गल्यंाग र जैपतेमा राजनितीक दलले बल प्रयोग गर्ने प्रायश गरेको स्थानियले बताएका छन् तर चुनाव नरोकिएको खबर छ।  कालिगण्डकी गाउपालिका १ स्याङजाको जनहित माबिमा एमालेले बुथ कब्जा गरेर एकलौटी मत हालेको कांग्रेसले दाबि गरेको छ। प्रदेशसभा समानुपातिक उम्मेदबार माया रानामाथि दुब्र्यबहार भएको आरोप छ भने उता चापाकोटमा नेपाली कांग्रेसले एमाले नेता पद्मा अर्यालमाथि हातपात गरेको खबर छ। चुनाव चलिरहदॉ मोवाईलमा भीडियो खिचिरहेको देखेपछि कांग्रेस कार्यकर्ताले हातपात गरेको बताईएको छ। 


कालिगण्डकी गाउपालिका १ स्याङजा घुरडांडा प्राबि गलेङ नगरपालिका स्यालबास सत्यशिला माबिमा एमालेले बुथ कब्जा गरेको सबल नेपाल पत्रिकाका पत्रकारले उल्लेख गरेका छन्।   कालिगण्डकी ३ अमरदीप प्राबि मा पनि शान्तिपूर्ण मतदान नभई बल प्रयोग भएको आरोपका बिच निर्वाचन सकिएको छ। 

त्यस बाहेकका स्थानमा सभ्यरूपमा निर्वाचन सम्पन्न भएको निर्वाचन अधिकारीले वताएका छन्। मत गडनाको परिणाम मिर्मी डट कममा अपडेट गरिनेछ। 

Vacancy announced

We have a good job opportunity for a Newly starting Travel company in Kathmandu. 

Requirements: candidate should be a University Graduate with good knowledge of Amadeus and at least a year experience in travel company.

Resposibility: working for a back office of a Japanese Company

Salary: better than the market trend

Please email on: neubishnu@gmail.com with a cover letter and CV.

Categories: Careers Tags: Tags:
Facebook Auto Publish Powered By : XYZScripts.com