Month: May 2018

स्याङ्जाको मिर्मीमा प्राइम कमर्सियल बैंक

No Comments

प्राइम कमर्सियल बैंकले स्याङजाको कालीगण्डकी गाँउपालिकास्थित मिर्मीमा नयाँ शाखाको शुभारम्भ गरेको छ। यस शाखाको संचालनपछि बैकको कार्यालय संख्या ६२ पुगेको छ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहकाबीच बैंकका संचालक गजेन्द्र बिष्टले मिर्मी शाखाकार्यालयको उदघाटन गरे।

बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई सहज, चुस्त र आत्मीय बनाउने प्रतिबद्धता जनाएको छ।

Categories: Mirmee News, News Tags: Tags:

नाकाबन्दीका विषयमा मोदीले माफी नमागेसम्म नागरिक अभिनन्दन नगरियोस्

No Comments

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न माग भएको छ । नागरिक समाजका अगुवाहरूले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साहको ध्यानाकर्षण गरेका छन्।

प्रधानमन्त्री मोदीले २०७२ सालमा नेपालमाथि लगाएको नाकाबन्दीले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको जनाउँदै उनीहरुले यस विषयमा भारतले माफी नमागेसम्म मोदीलाई नागरिक अभिनन्दन नगर्न दुवै मेयरहरुसमक्ष माग गरेका हुन्।

मोदीको नागरिक अभिनन्दन नगर्न भन्दै ध्यानाकर्षण गर्ने नागरिक अगुवाहरुमा अघिवक्ता कृष्णप्रसाद भण्डारी, सामाजिक अभियन्ता डा. द्वारिकानाथ ढुंगेल, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, डा. सुरेन्द्र केसी, सामाजिक अभियन्ता डा. अरुणा उप्रेती, वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, पूर्वप्रशासक शुकदेव भट्टराई, पूर्वसचिव श्यामप्रसाद अधिकारीलगायत २४ जना छन्।

Categories: Mirmee News

कोरिया बाट फर्केर गल्याङमा माटोबिनै तरकारी खेती गर्दै ओमबहादुर थापा

No Comments

स्याङ्जा : माटोबिनाको खेती के सम्भव छ ? सुन्दा पनि अचम्म लाग्छ । घरको छतमा माटोबिनाको अर्गानिक तरकारी । भूइँतलामा माछा पोखरी । माछा, तरकारी र पानीबीचको त्रिकोणात्मक सम्बन्ध जोड्दै व्यवसायमा जुटेर सफल पनि बने ४८ वर्षीय ओमबहादुर थापा ।

छतमा ओढाइएको एग्रोनेटभित्र तीन विधिद्वारा माटोबिना नै तरकारी रोपिएका छन् । चार इन्चको पीभीसी पाइपमा, क्यारी बनाएर र थर्माकोल गरी तीनवटा छुट्टा छुट्टै पानी र गिटीको सहयोगमा तरकारी रोपेर फलाएका छन् स्याङ्जाको तल्लो गल्याङका ओमबहादुरले ।

पाल्पाको गेजामा जन्मेका थापा हाल स्याङ्जाको गल्याङ नगरपालिका ३ मा बस्दै आएका छन् । १२ वर्ष वैदेशिक रोजगारमा बिताएका थापाका सात वर्ष मलेसिया र पाँच वर्ष कोरियामा बिते । रोजगारका लागि विदेश हानिएका थापा त्यहाँ रहँदा कपडा बनाउने उद्योगमा कार्यरत थिए । जिन्स पाइन्ट बनाउने उद्योगमा काम गर्दै गर्दा एक दिन फुर्सदको समयमा युट्युब हेर्दै जाँदा माटोबिना गिटी र पानीमा (अक्वापनिस प्रविधि) बाट तरकारी फलाउन सकिने जानकारी पाएपछि त्यो शिक्षालाई आफ्नै भूमिमा आएर परीक्षण गरेको उनले बताए । अन्ततः उनको परीक्षण सफल भएको छ ।

चार महिनाअघि सुरु गरेको अक्वापनिस प्रविधिको तरकारीले उत्पादन दिन थालेको छ । चौथो तलाको उनको घरको छतमा गोलभेंडा, प्याज, धनिया, लोटस साग, काँक्रो, चिप्ले भिन्टी, भान्टालगायत तरकारी खान लायक भइसकेका छन् । गोलभेंडा पाकेर रातै देखिएका छन् भने क्याप्सिकमका दाना ठूला र हरिया खानलायक भएका छन् । अर्गानिक तरकारी बजार भाउभन्दा प्रतिकिलो १०÷२० रुपैयाँ बढी लिएर बेच्ने गरेको थापाले बताए । छतमा करिब तीन आना क्षेत्रफलमा लगाइएको सो तरकारी खेतबारीमा लगाइएको भन्दा ६ गुणा बढी उत्पादन लिन सकिने थापा बताउँछन् ।

अक्वापनिस प्रविधिलाई माछापालन अनिवार्य मानिन्छ । भूइँ तलामा पाँचवटा पोखरीमा माछा पालिएका छन् । माछालाई दाना खुवाउने गरिन्छ । माछाको दिशा पानीमा घुलिन्छ । सोही पानी पाइपमार्फत छतमा राखिएका पाइप÷पाइपमा पुर्‍याइन्छ । छतमा रहेका विभिन्न सात तहमा पाइपका बीचबीचमा प्वाल पारिएको छ । तरकारीका बोट हुर्कन चाहिने आवश्यक ठाउँ छाडेर जालीसहितको टोक्रोमा गिटी भरेर तरकारी रोपिएको छ । पाइपमा पानी घुमिरहन्छ । माछा पोखरीको पानी छतमा राखिएको तरकारी पाइपमार्फत फेरि बाहिरिन्छ । यसरी माछापोखरीको पानीले छतमा रहेको तरकारीलाई मलको समेत काम गर्छ ।

चार महिनाअघि सुरु गरेको अक्वापनिस प्रविधिको तरकारीले उत्पादन दिन थालेको छ । चौथो तलाको उनको घरको छतमा गोलभेंडा, प्याज, धनिया, लोटस साग, काँक्रो, चिप्ले भिन्टी, भान्टालगायत तरकारी खान लायक भइसकेका छन् ।

परि श्रमी थापाले माछा र तरकारी दुवैको रेखदेख आफैं गर्छन् । उनको काममा पत्नी तारा थापाले साथ दिएकी छन् । माछा र तरकारी (अक्वापनिस प्रविधिमा) करिब १० लाखको लगानी भए पनि सरकारबाट हालसम्म कुनै किसिमको सहयोग नपाएको थापाले बताए । तरकारीको बिरुवा पनि सोही प्रविधिद्वारा तयार पार्छन् । जमिनमा जमाइएका बिरुवा पनि रोप्न सकिने तर बिरुवाको जरामा रहेको माटोलाई भने पानीले राम्ररी पखाल्नु पर्ने थापाको भनाइ छ ।

नौलो प्रविधिबाट तरकारी उत्पादन भएको हुँदा देैनिक १० देखि ४० जनासम्मले अवलोकन गर्ने गरेका छन् । माछा र तरकारी दुवै बिक्रीका लागि तयार छन् । बजारको समस्या नभएको थापा बताउँछन् । रेन्बो ट्राउट, कार्प, माहुर, ग्रास कार्प, नैनीलगायत जुनसुकै माछा पनि पोखरीमा पुगेर ताजा किन्न पाइने हुँदा माछा किन्न फर्ममा आउने गरेको बताउँछन् वालिङका माधवप्रसाद रेग्मी । अन्य माछा प्रतिकिलो चार सय ५० छ भने रेन्बो ट्राउटको मूल्य एक हजार दुई सय छ ।

भवानी अधिकारी

अन्नपूर्ण पोस्ट बाट

Categories: Mirmee News Tags: Tags: , ,
Facebook Auto Publish Powered By : XYZScripts.com