Month: January 2018

Dr Govinda K C arrested, watch the video

Nepal Police has arrested Dr. Govinda KC today after the Supreme Court ordered to present Dr. KC to the court on Tuesday 9:00 AM. Police has arrested Dr. KC from Tribhuvan University Teaching Hospital on Monday evening.

Dr. Govinda KC has begun his hunger strike from Monday afternoon at 4 pm for demanding the resignation of Chief Justice Gopal Parajuli.

Dr. KC accused the apex court of being influenced by the medical mafia.

काठमाडौं, पुस २४ । प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरे लगत्तै प्रहरी प्रधानकार्यालले डा. गोविन्द केसीलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको थियो ।

डा.केसीलाई पक्राउ गर्न एसपी रामदत्त जोशीको कमाण्डमा ठुलो संख्यामा प्रहरी शिक्षण अस्पताल पुगेको थियो। आईओएमको डिन नियुक्तिसम्बन्धि मुद्दामा डा.केसीले दिएको अभिव्यक्तिले अदालतको अपहेलना गरेको भन्दै सोमबार अदालतले उनलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो । अदालतको अवहेलना गरेको भन्दै आन्दोलनरत प्रा. डा. गोविन्द केसीविरुद्ध सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

Categories: Mirmee News

प्रहरी र विद्यार्थीबीच त्रिचन्द्र कलेजमा झडप

No Comments

अनेरास्ववियुले राजधानीमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ ।

अनेरास्ववियुले आज दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो ।

त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीले प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्त यादवको

पुत्ला देखाउने क्रममा प्रहरीले लाठी प्रहार गरेको थियो । पछि विद्यार्थीले पनि ढुङ्गा हान्न थालेपछि प्रहरीबाट अश्रुग्यास प्रहार गरिएको थियो । अश्रुग्यास प्रहारपछि विद्यार्थी तितरवितर भएका थिए । 

Categories: Mirmee News
Facebook Auto Publish Powered By : XYZScripts.com