Month: April 2018

ललितपुरमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको घरमा बिस्फोट

No Comments

ललितपुर, ९ बैशाख । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको ललितपुरको धापाखेलस्थित घरमा अज्ञात समूहले बिष्फोट गराएको छ।

ललितपुर महानगरपालिकाको २३ नम्बर वडामा रहेको यादबको घरमा आइतबार साँझ बिस्फोट गराइएको हो । बिस्फोटमा घरको मुल गेटको सिसा तथा कम्पाउण्डको पर्खाल फुटेको छ।

बिष्फोटमा कुनै मानविय क्षति नभएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी बिनोद सिलवालले जानकारी दिए । बिस्फोटको समयमा ठूलो आवाज आएको स्थानीय बासिन्दाले बताएका छन् ।

Categories: Blog, Mirmee News, News

काठमाडौँमा मालिन्दो एयरको जहाज दुर्घटना, एयरपोर्ट बन्द

No Comments

काठमाडौँ, ६ बैशाख । त्रिभुवन बिमानस्थलमा मालिन्दो एयरको जहाज दुर्घटनामा परेक छ ।

बिहीबार राति १० बजेर १० मिनेटमा काठमाडौँबाट मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको ओ डी १८१ कल साइनको जहाज रन-वेबाट चिप्लिएको हो । जहाज अन्दाजी ४० मिटर पर घाँसेमैदानमा पुगेको छ। जहाजमा रहेका सबै यात्रु सकुशल रहेको त्रिभुवन बिमानस्थल सुरक्षा गार्डका एसपी गणेश चन्दले दैनिक नेपाललाई जानकारी दिए । उनका अनुसार, चालकको सावधानी कारण ठूलो दुर्घटना टरेको छ ।

Categories: Blog, Mirmee News, News

कविता- दिपक भट्टराई

No Comments

तिम्रो गाऊँमा जब बच्चा हुन्छ

त्यो के छोरा हुन्छ के छोरी हुन्छ

तर मेरो गाऊँमा त्यो के कांग्रेस हुन्छ के एमाले हुन्छ।

एमालेले एमाले कोरल्छ

कांग्रेसले कांग्रेस ।

मेरोमा हर दिन चुनावी हुन्छ

तिम्रोमा त समाजले जित्छ होला

मेरो मा के कांग्रेसले जित्छ एमाले हार्छ,

के एमालेले जित्छ कांग्रेस हार्छ।

मेरो गाऊँमा महिला-पुरुष, व्यापारी, कर्मचारी

कोही पाईदैनन।

मास्टर, हेडमास्टर कोही पाईदैनन्

कांग्रस एमाले मात्रै पाइंछन्।

क्षितिज बाट आउदै गरेको आकृतिमा,

बाँस माग्न आएको बटूवामा

हामी कांग्रेस एमाले खोज्छौं।

पार्टी हाम्रो जुट्ने फ़ुट्ने आधार हो,

हाम्रो कुलायन हो,

आफ्नो पार्टीको भए अंकमाल न्यानो हुन्छ

ग़ैरपार्टी भए चिसो हुन्छ।

तिमी मृत्युमा कात्रो ओडाउछौ

हामी झन्डा ओडाउछौं।

आधुनिकताको व्यथा के सुनाऊँ साथी,

तिमी बोक्क्रा फाल्छौ , गुदी खान्छौ

हामी गुदी फाल्छौं, बोक्क्रा खान्छौं।।।

Written by: Deepak Bhattarai

Categories: Blog, Mirmee News, News

फेदीखोला गाउँपालिका स्याङजाको कान्छो स्थानीय तह हो । गाउँपालिका प्रमुख घनश्याम सुवेदीले आफ्नो कार्यकाललाई नेपालमै उत्कृष्ट गाउँपालिका बनाउने लक्ष्यमा छन् । प्रदेश नम्बर ४ मा त आजै घोषण गरेहुन्छ । सुवेदी युवा हुन् । काम पनि गर्छन, प्रचार–प्रसार पनि । केही गर्छन भन्ने मान्छेका लागि सञ्चार माध्यमले पक्कै स्थान दिएको हुन्छन् । नेपाल भरिका जनप्रतिनिधिहरुले एक चोटी फेदीखोला गाउँपालिका र गाउँपालिका प्रमुखलाई पढ्न जरुरी छ।

Categories: Blog, Mirmee News, News

HAPPIE MOTHER’S DAY TO ALL THE MOTHERS OF THE WORLD

No Comments

Wishing you happie mothers day to all the ladies out there, not just to a women who gave me birth from her womb, every little girl, either neonates, teenage, in her thirtees or above, you all deserve same respect and I Wana bow my head for all the ladies of the earth today and always…..

जन्मदिने आमा मात्र पुजेर मातातीर्थ औँसी मनाउनुको कुनै अर्थ रहनेछैन किनकि सबै नारी आमा समानको उच्च आदरका भागिदार हुन्छन्…..

With regards team mirmee..

Happie mothers day to all..

Categories: Blog, Mirmee News, News
Facebook Auto Publish Powered By : XYZScripts.com