Month: January 2018

आजका युवा पुस्ता- राजेश पाण्डेय

No Comments

आजका युवा पुस्ता ईतिहासमै सार्बाधिक सूयोग्य पुस्ता कहलिने सामर्थ्य राख्दछ

राजेश पाण्डेय, युवा सामाजिक अभियन्ता

सामाजिक सेवाका अनेक आयामहरु छन । सामान्य अर्थमा बुझ्दा समाजमा बस्ने मानिसहरुको एक पक्षले अर्को पक्षको आवश्यकता परिपुर्ति गर्नका लागि गरिने आवश्यक सहयोग भन्ने बुझिन्छ” तर यतिमै सामाजिक सेवाको स्पस्टता भने पुरा हुँदैन । मानिस एक सामाजिक प्राणी हो । सामाजिक प्राणी भएकै नाताले एक आपसमा घूलमिल-उठबस, पारस्पारिक सहयोग, सद्धभाब, आपसी मेलमिलाप, माया प्रेम र सहानुभुति सामाजिकता संगै सामाजिक सेवाका निम्ती अपरिहार्य हुन्छ !
म बिगत ६ बर्षदेखी सामाजिक अभियन्ताको रुपमा क्रियाशिल छु र मैले चलाएको सामाजिक सेवाको अभियानले समाजमा बस्ने जुनासुकै नागरिक प्रत्यक्ष रुपमा त्यो सेवाबाट लाभाम्बित होस् भन्ने मेरो चाहना रहन्छ । अर्को कुरा समाजमा बस्ने प्रत्यक नागरिकहरु भावनात्मक रुपमै परोपकारि सेवाबाट अभिप्रेरित हुनुपर्दछ भन्ने पनि मान्यता म राख्दछु ।

अहिले कालिगण्डकी गाँउपालिका तथा आसपासका क्षेत्रबाट बिरामी बोकी साईरन बजाउदै हूइकिने भु पु बिधार्थी मञ्च ध्रुबज्योति मा बि को एम्बुलेन्स सेवा र कालिगण्डकी गाँउपालिका पक्की सडक खण्डका अप्ठ्यारा घुम्तिहरुमा राखिएका नाङ्लो जस्ता ठुल्ठुला सडक एनाले मलाई सामाजिक अभियन्ताको उपमा थपिदिएको हो ।
मेरो बारेमा लेख्नु पर्दा म उमेरले बर्ष २७ को ब्यक्ती हुँ । हालको जगत्रदेबी नगरपालिका २ इलुङ्गा ,स्याङ्जा मा जन्मिएर कक्षा ७ सम्मको अध्ययन श्री राधाकृष्ण नि मा बि इलुङ्गा स्याङ्जा मा गरेको हुँ । तत्पश्चात् बुवा- आमा ब्यापारको शिलशिलामा कालिगण्डकी गाँउपालिका ६ दब्छे लाम्दिकोटमा बसाइ सर्नुभो र कक्षा ८ को अध्ययन श्री ध्रुबज्योति मा बि दब्छे रानीखरक मा सँके । कक्षा ९ देखी १२ सम्म श्री भगवति नमुना मा बि मिर्मी ढाब र स्नातक तह पाल्पा तानसेन श्री त्रिभुवन बहुमुखी क्याम्पस बाट सकी ५ बर्षे दक्षिण कोरियाको सफल बैदेशिक यात्रा पुरा गरी भर्खरै मातृभुमी फर्केको छु ।

मेरो घर मुल बाटोको छेवइमा छ । स्वास्थ्य उपचारको लागि मेरो समाज र समाज वरपरका क्षेत्रबाट नजिकमा राम्रो अस्पताल सुबिधा नहुँदा स्टेचरमा बोकेर अस्पताल सम्म पूर्याउन दौडाइरहेका बिरामीहरु, प्रसुती बेथा लागेका गर्भवति महिलाहरु र दौडाउदा ,दौडाउदै बेलैमा अस्पताल सम्म पुर्याउन नसक्दा आधी बाटोमै अकालमा ज्यान गएका घटनाहरु दिनहुँ जसो मेरै आँखा अगाडि घट्दथे । मलाई यि सबै सामस्याले मैले बुझ्ने र जान्ने भएदेखी नै पिरोलिरहन्थ्यो बैदेशिक रोजगारिमा दक्षिण कोरिया प्रबेश संगै एउटा अठोट मनमा जाग्यो यो समस्याको समाधान खोज्नै पर्छ।

समाधान खोज्ने क्रममा तत्काल नजिकमा अस्पताल खोल्न सम्भब नदेखिएपछी अस्पताल सम्म ति बिरामीहरु पुर्याउन सुबिधा सम्पन्न एम्बुलेन्सको अबधारणा बन्यो र यसबारे बुझ्दै जाँदा एम्बुलेन्स सञ्चालनका लागि आधिकारिक संस्था आवश्यक पर्दो रहेछ आधिकारिक संस्थाका लागि म आफुले अध्ययन गरेको श्री ध्रुबज्योति माध्यामिक बिधालयका पूर्व बिधार्थीहरुको संगठन निर्माण गरी सोही संस्था द्वारा एम्बुलेन्स सञ्चालन गर्ने निर्णय भयो ।

तत्पश्चात नेपालमा रहेर बिधालयको भुतपुर्ब बिधार्थीको संगठन निर्माण गर्नदेखी लिएर संगठनलाई आधिकारिकता प्रदान गर्न बिधालयकै प्र• अ तथा समाज सेबी ब्यक्तित्व श्री हिरा बहादुर थापा लगायतका ब्यक्तित्वहरु खटिएर लाग्नु भो म दक्षिण कोरियामा सामाजिक संजालको उच्चतम प्रयोग गरी बिधालयका भुतपुर्ब बिद्यार्थीहरुलाई एकिकृत पार्दै एम्बुलेन्सका लागि अर्थ जुटाउन सहयोग आह्वान गर्न लागे ! अन्तत: देश बिदेशमा छरिएर रहनुभएका भुतपुर्ब बिद्यार्थीज्युहरु र बिभिन्न क्षेत्रका सहयोगी मनका धनी ब्यक्तित्वहरु सम्पूर्णको सहयोगमा हामीले एम्बुलेन्सका लागि करिब नेपाली रुपँया ४० लाख संकलन गरी भुतपुर्ब बिद्यार्थी मञ्च स्थापनाको १ बर्षमै सुबिधा सम्पन्न एम्बुलेन्स सञ्चालन गर्न सफल भयौ हाल “भुतपुर्ब बिद्यार्थी मञ्च ध्रुबज्योति मा बि एम्बुलेन्स सेवा” को नामबाट समग्र कालिगण्डकी गाँउपालिका र जगत्रदेबी नगरपालिकाका केही भागमा एम्बुलेन्स सेवाले सेवा प्रदान गरिरहेको छ । बिधालयका पूर्व बिद्यार्थीहरुको संगठन द्वारा सञ्चालित यो एम्बुलेन्स सेवा नेपालमै नमुना सेवा भएको जानकारी गराउदै जिल्ला शिक्षा कार्यलयले हामीलाई स्याबासी र सम्मान पनि प्रदान गर्यौ ।

जे गर्नु छ सुरुवात आजैबाट आफैबाट गर्नुपर्छ । अनिमात्र देश तथा समाज विकासमा आफ्नो भूमिका अतुलनिय रहन्छ भन्ने राम्ररी बुझेको छु मैले प्रदेशमा होस या देशमै रहँदा आफ्नो गाँउ ठाँउ र समाजका निम्ती केही गर्न सकिएन भने आँफुले कमाएको उपलब्धीले त्यती धेरै महत्व राख्दछ जस्तो लाग्दैन मलाई फलस्वरुप साबिकको कृष्णगण्डकी गाबिस स्याङ्जा बाट रोजगारिको शिलशिलामा दक्षिण कोरिया पुग्नुभएका युवाहरु एकिकृत भै समाज प्रत्यक्ष रुपमा लाभाम्बित हुने किसिमको सेवा गर्नुपर्दछ भन्ने मनमा लाग्यो र मुख्य संयोजकको भूमिका निर्वाहा गर्दै साबिकको कृष्णगण्डकी गा बि. स बाट दक्षिण कोरियामा रहनुभएका साथीहरुलाई एकिकृत पार्दै स•न २०१५ को सेप्टेम्बरमा हामीले कृष्णगण्डकी समाज दक्षिण कोरिया” नामक संस्था स्थापना गर्यौ ।

साथीभाईहरुले पूर्ण समर्थन गर्दै संस्थाको नेर्तित्व गर्ने जिम्मा मेरै हातमा सुम्पनु भो । अध्यक्ष पदमा रहेर मैले संस्थालाई गातिशिलता प्रदान गर्दै गर्दा नेपालको भौगोलिक बिकटता संगै बढ्दो सडक दुर्घटनाको भयाबह स्थिती न्युनिकरणका लागि दुई तर्फ बाट आएका सवारि साधन एक आपसमा ठोकिएर हुने दुर्घटनालाई कम गर्न (रिफ्ल्याक्टर् मिरर )अर्थात सडक एनाको अबधारणा मैले प्रस्ताबमा अघी सारे र छलफल पश्चात् हालको कालिगण्डकी गाँउपालिका भित्रका पक्की सडक खण्डका अप्ठ्यारा घुम्तिहरुमा ति एनाहरु लगाउने निर्णय गर्यौ । यो अभियानमा पनि हामीले सामाजिक संजालको उच्चतम प्रयोग गर्दै साबिकको कृष्णगण्डकी गा बि स बाट दक्षिण कोरिया रहनुभएका साथीहरु सँग अर्थ जुटाउन सहयोग आह्वान् गर्यौ । सम्पूर्णको सहयोगमा करिब नेपाली रुपँया १५ लाख खर्च गरी अहिले कालिगण्डकी गाँउपालिका भित्रका अप्ठ्यारा घुम्तिहरुमा २४ ओटा सडक एना राख्न सफल भएका छौ । यो अभियान पनि देशमै नमुना अभियान भएको भन्दै राष्ट्रिय-अन्तराष्ट्रिय स्तरका मिडियाले बिशेष महत्वका साथ प्रसारण गरेका थिए ।

मैले अरु थुप्रै गौण रुपमा गरेका सामाजिक सेवाहरुलाई यहाँ जोडेको छैन अरु कुनै दिन जोडौला । बिशेष महत्व पाएका अनुकरणिय र अनुशरणिय नमुना सेवाहरुलाई मात्र उल्लेख गरे यस्ता कार्यहरु अरु सामाजिक सेवक तथा संघ संस्थाले पनि अनुशरण गर्न सके समाजको समृद्धी धेरै टाढा छैन ।सबैभन्दा ठुलो प्रश्न यो हो कि तपाईं महान कार्य गर्ने निर्णय हृदय भित्रै बाट लिन सक्नु हुन्छ कि हुन्न ? माथिका उल्लेखित सामाजिक तथा परोपकारी अभियानहरुको अभियन्ताको रुपमा रहेर काम गरिरहदा दृण ईच्छाशक्ती, लगनशिलता ,मिहिनेत र निष्ठतालाई पालना गर्दै अगाडि बढ्ने हो भने लक्ष्यमा पुग्न कुनै कठिनाई म देख्दिन र अर्को कुरा युवा समाज परिबर्तनका संबाहक हुन र समाज परिवर्तनको अमूल्य सम्पति पनि युवा नै हुन तसर्थ समाजले होस या राज्य युवालाई नबिन चेतना र जागरुकता प्रदान गर्दै जिम्मेवारि दिन सक्यो भने आजका युवापुस्ता समाज र देश परिवर्तनमा इतिहासमै सार्बाधिक सूयोग्य युवापुस्ता कहलिने सामार्थ्य राख्दछन ।

SaveSave

SaveSave

एमाले–माओवादी राष्ट्रिय सभाको सीट बाँडफाँड

No Comments

एमाले–माओवादी केन्द्रद्धारा गठित कार्यदलले राष्ट्रिय सभाको सीट बाँडफाँड टुंगो लगाएको छ । दुई पार्टीले राष्ट्रियसभाका ५६ मध्ये ४३ सीटमा उम्मेदवारी दिने निर्णय गर्दै सीट बाँडफाँड गरेका छन् ।

आज बसेको वैठकले ४३ मध्ये एमालेका लागि २९ र माओवादीका लागि १४ सीट बाँडफाँड गरेका हुन् ।

यस अघि सीट बाँडफाँडमा लिइएको ६० र ४० प्रतिशत र स्थानीय तहका जनमतलाई आधार मानेर सीट बाँडफाँड गरेको कार्यदलका सदस्य एवं एमाले नेता सुवास नेम्वाङले बताए ।

यद्यपी सीट बाँडफाँडका विषयमा अन्य दलसँग पनि छलफल गर्ने कार्यदलको निर्णय छ ।

कार्यदलले तयार पारेको प्रस्ताव दुवै पार्टीका अध्यक्षसँग परामर्श गरेर अन्तिम टुंगो लगाउने तयारी भएको छ । कार्यदलमा एमालेका नेम्वाङ, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादी केन्द्रका रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन् ।

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको वैठकले केही प्राविधिक काम टुंगाउनका लागि केही दिन अगाडि कार्यदल बनाएको थियो ।

सरकारले माघ २४ गतेका लागि राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ । योसँगै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
राष्ट्रियसभामा ५६ सीटमा चुनाव हुनेछ ।
हरेक प्रदेशबाट आठ जना सदस्य चयन हुनेछन् ।

राष्ट्रिय सभाका लागि गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुख र प्रदेशसभाका सांसद मतदाता रहनेछन् । तर, संसदको प्रमुख उपप्रमुखको मतभार भने फरक हुनेछ । ३ सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Categories: News

बेनी–जोमसोम सडक कालोपत्रे हुने

No Comments

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे हुने भएको छ ।

चार नं प्रदेशको जीवनरेखा कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम तीव्ररुपमा अघि बढेको जानकारी दिए । बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्रे गरिने भएको छ । नालीसहित ११ मि चौडाइ रहने दुई लेनको सडकको सात मि चौडाइमा कालोपत्रे गरिने इ निरौलाले बताए ।

विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट ११ मि फराकिलो दुई लेनको कालोपत्रेका साथै विभिन्न ठाउँका बेलीब्रिजलाई विस्थापन गरेर मोटर जाने पक्की पुल निर्माण गरिने आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए ।

चार खण्डमा स्तरवृद्धिको काम गर्न विभिन्न निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको छ । चिसाका कारण ११० किमीको जोमसोम– कोरला खण्डको काम रोकिए पनि म्याग्दी खण्डमा सडक फराकिलो बनाउने काम तीव्र रुपमा अघि बढेको छ ।

निर्माण कम्पनी शर्मा गजुरमुखी जेभीका प्रतिनिधि सचिन क्षेत्रीले ११ डोजर र एक हजार मजदुर परिचालन गरेर चार ठाउँमा सडक फराकिलो बनाउने काम भइहेको बताए । बैसरी, दुवाडी, दाना, तितर र काभ्रेभीर क्षेत्रमा सडक फराकिलो बनाउन पर्खाल लगाउने र भित्तातर्फको पहाड फुटाउने काम भइरहेको छ ।

लेतेदेखि माथिको क्षेत्रमा डाइभर्सन गरेर सवारी सञ्चालनको व्यवस्था गरिए पनि म्याग्दी खण्डको सडक साँघुरो भएकाले सवारी आवतजावत भइरहेको अवस्थामा काम गर्न कठिनाइ भएको प्रतिनिधि क्षेत्रीले बताए ।

अक्करे भीर र कमजोर भूगोलका कारण म्याग्दी खण्डको सडक विस्तारमा जोखिमसमेत उत्तिकै छ । पहाड फुटाउनका लागि ३०५ पिएल क्षमताको स्काभेटर ल्याइएको छ । मजदूरले शरीरमा डोरी बाँधेर भीरमा काम गरिरहेका छन् ।

आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले काम प्रभावित भएपछि सडकमा सवारी सञ्चालनका लागि अस्थायी कार्यतालिका बनाइएको बताउँदै रातिबाहेक बिहान ९ बजे र ११ बजे तथा अपराह्न ३ बजे सवारी सञ्चालनका लागि खुला गर्ने व्यवस्था मिलाइएको सुपरभाइजर शेरचनले बताए ।

आयोजना र निर्माण कम्पनीले सवारी सञ्चालन र काम गर्ने समयतालिका बनाउनुपर्ने माग गरेका छन् ।सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।

सडक कालोपत्रे भएपछि कोरला नाका सञ्चालन गर्न वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने तथा कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको अध्यक्ष कर्माचार्यले बताए ।

Categories: Mirmee News Tags: Tags:

छापमा ट्र्याक्टर दुर्घटना एकको मृत्‍यु, दुई घाइते–सबै तस्विरहरु

No Comments

स्याङ्जा स्थित कालीगण्डकी गाउँपालिकाको वडा नं ६ छापमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन । घाइते को उपचारको लागि पाल्पा पठाईएको छ । दुर्घटना कारीब मध्यान्न्ह १२ बजे भएको जानकारी प्राप्त भएको छ । दुर्घटनामा परी मृत्‍यु हुने व्यक्ती छापका वासिन्दा रहेको खुल्न आएको छ । उद्दारका लागि जैपते प्रहरी चौकी बाट प्रहरिहरु आएका थिए। दुर्घटना छाप – जैपते सडक खण्डमा भएको थियो ।

स्याङ्जा स्थित कालीगण्डकी गाउँपालिकाको वडा नं ६ छापमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन । घाइते को उपचारको लागि पाल्पा पठाईएको छ। दुर्घटना कारीब मध्यान्न्ह १२ बजे भएको जानकारी प्राप्त भएको छ । दुर्घटनामा परी मृत्‍यु हुने व्यक्ती छापका वासिन्दा रहेको खुल्न आएको छ । उद्दारका लागि जैपते प्रहरी चौकी बाट प्रहरिहरु आएका थिए। दुर्घटना छाप – जैपते सडक खण्डमा भएको थियो ।

—–

Categories: Mirmee News

सर्वोच्च अदालतमा केसीले दिएको बयानका मुख्य बुँदा :

No Comments

१. दुई ठाउँबाट नागरिकता लिएको

२. ६५ वर्ष उमेर पूरा भएर पनि प्रधानन्यायाधीशको पदमा बस्नु गैरकानुनी

३. मुद्दामा सफाइ दिने र आफ्ना नातेदारलाई जागिर खुवाउने कामले न्यायीक गरिमा र न्यायीय आस्थालाई किनबेच गरेको

४. एसएलसी पास गरेका छन् कि छैनन् भन्ने बारेमा विवाद

५. शैक्षिक प्रमाणपत्र र योग्यताका बारेमा प्रश्न उठेको

६. भू–माफियाको हित हुने गरी जगदीश आचार्यको मुद्दामा एकतर्फी (एक्पार्ट) रूपमा आदेश

७. क्यासिनो चलाएबापत् होटलले रोयल्टी तिर्नु नपर्ने फैसला

८. चुडामणि शर्माको मुद्दा, गोपाल खड्काको मुद्दा र एनसेलको मुद्दाले भ्रष्टाचारीलाई प्रसय पुग्नुको साथै ६० अर्ब बराबरको राजश्व एनसेलले तिर्नुनपर्ने अवस्था सिर्जना भएको

९. आफ्ना भान्जे ज्वाइँ नातेदार नहकुल सुवेदीलाई ७ महिनाको अवधिमा रजिष्ट्रार, मुख्य रजिष्ट्रार र उच्च अदालतको मुख्य न्यायाधीश बनाउने कार्य

१०. सुशीला कार्कीलाई महाअभियोग लगाइएको राति १०.३० बजे प्रधानन्यायाधीशको रुपमा पदबहाली गरेका

११. अपहेलना मुद्दा हारेको, अर्थात न्यायाधीश भएर गलत नियतका साथ् कान्तिपुरलाई झुटा मुद्धा लगाएको

———————

१. दुई ठाउँबाट नागरिकता लिएको

२. ६५ वर्ष उमेर पूरा भएर पनि प्रधानन्यायाधीशको पदमा बस्नु गैरकानुनी

३. मुद्दामा सफाइ दिने र आफ्ना नातेदारलाई जागिर खुवाउने कामले न्यायीक गरिमा र न्यायीय आस्थालाई किनबेच गरेको

४. एसएलसी पास गरेका छन् कि छैनन् भन्ने बारेमा विवाद

५. शैक्षिक प्रमाणपत्र र योग्यताका बारेमा प्रश्न उठेको

६. भू–माफियाको हित हुने गरी जगदीश आचार्यको मुद्दामा एकतर्फी (एक्पार्ट) रूपमा आदेश

७. क्यासिनो चलाएबापत् होटलले रोयल्टी तिर्नु नपर्ने फैसला

८. चुडामणि शर्माको मुद्दा, गोपाल खड्काको मुद्दा र एनसेलको मुद्दाले भ्रष्टाचारीलाई प्रसय पुग्नुको साथै ६० अर्ब बराबरको राजश्व एनसेलले तिर्नुनपर्ने अवस्था सिर्जना भएको

९. आफ्ना भान्जे ज्वाइँ नातेदार नहकुल सुवेदीलाई ७ महिनाको अवधिमा रजिष्ट्रार, मुख्य रजिष्ट्रार र उच्च अदालतको मुख्य न्यायाधीश बनाउने कार्य

१०. सुशीला कार्कीलाई महाअभियोग लगाइएको राति १०.३० बजे प्रधानन्यायाधीशको रुपमा पदबहाली गरेका

११. अपहेलना मुद्दा हारेको, अर्थात न्यायाधीश भएर गलत नियतका साथ् कान्तिपुरलाई झुटा मुद्धा लगाएको

——————

Categories: Mirmee News
Facebook Auto Publish Powered By : XYZScripts.com