Category: कालीगण्डकी गाउँपालिका

ललितपुर-३ मा माओवादीकी पम्फा भुसाल विजयी

No Comments

२३ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. ३ मा वामगठबन्धनबाट माओवादी प्रबक्ता पम्फा भुसाल विजयी भएकी छन् ।

भुसालले कंग्रेसका मदनलाल अमात्यलाई पराजित गर्दै विजयीभएकी हुन् । उनले २४ हजार ३६ मत ल्याइन् ।

उनका प्रतिस्पर्धी अमात्यले २२ हजार ३३६ मत ल्याएका छन् ।

चितवन ३ : दाहाल फराकिलो अग्रतातर्फ

No Comments

चितवन– प्रतिनिधि सभा सदस्य पदका लागि चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुरुवाती परिणाममा पछाडी परे पनि अहिले उनले प्रतिस्पर्धी उम्मेदवारसँग मतान्तर बढाउँदै लगेका छन् । दाहालसँग काँग्रेसको समर्थनमा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार तथा वन मन्त्री विक्रम पाण्डे प्रतिस्पर्धामा छन् ।

अहिले बिहान सबेरै प्राप्त मत गणना विवरणमा दाहालले तीन हजार ५७ मत ल्याएका छन् । राप्रपा प्रजातान्त्रिकका पाण्डेको एक हजार ९२७ मत आएको छ । चितवन जिल्ला निर्वाचन क्षेत्र नं. ३ का साहायक निर्वाचन अधिकृत केशव पौडेलले सो जानकारी दिएका हुन् । पौडेलका अनुसार क्षेत्र नं. ३ मा अहिलेसम्म पाँच हजार ३५५ मत गणना भएको छ । जसमा १९१ मत बदर भएको उनले बताए ।

प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र रहेको चितवनमा सवै क्षेत्रहरुमा बाम गठबन्धनका उम्मेदवारहरुको नै अग्रता छ । चितवनमा कुल मतदाता तीन लाख ५४ हजार ३६ रहेकोमा बिहिबार सम्पन्न मतदानमा ७३ प्रतिशतभन्दा बढी अर्थात दुई लाख ६१ हजार ४८ मत खसेको थियो । दहाल उम्मेदवार रहेको क्षेत्रमा एक लाख २५ हजार मतदाता रहे पनि ९३ हजार ८२६ मत खसेको थियो ।

लालबाबुले हराए शेखर कोइरालालाई

No Comments

काठमाडौं, २३ मंसिर— मोरङमा कांग्रेसलाई झड्का लगाएको छ  । राष्ट्रवादी छबि बनाएरका एमाले उम्मेदवार लालबाबु पण्डितले मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ६ मा कांग्रेस उम्मेदवार शेखर कोइरालालाई हराएका छन् ।

योसँगै मोरङमा कोइराला परिवारको रासत ढलेको छ । कांग्रेसको  ऐतिहासिक क्षेत्र समेत मानिने मोरङमा यस नतिजाले उसलाई ठूलो झड्का लागेको छ ।

शनिबार बिहान सम्पन्न मतगणनाअनुसार  लालबाबुले ६७५ मतान्तरको शेखरलाई हराएका हुन् ।लालबाबुले ३३९४१ मत ल्याउँदा  शेखरले ३३२६६ मत पाए । 

पण्डित सामान्य प्रशासन मन्त्री हुँदा पीआरधारी र भ्रष्टलाई नछाड्ने अडानका कारण लोकप्रिय भएका थिए । 

देश भरी बामगठबन्धन अगाडि ! कस्ले कहाँ जिते पढ्नुहोस

No Comments

देश भरी बामगठबन्धन अगाडि ! कस्ले कहाँ जिते पढ्नुहोस

प्रतिनिधिसभा

एमाले

म्याग्दी – भुपेन्द्रबहादुर थापा

मनाङ – पाल्देन छोपाङ गुरुङ

मुस्ताङ – प्रेमप्रसाद तुलाचन

मुगु – गोपालबहादुर बम

बझाङ – भैरवबहादुर सिंह

डोल्पा – धनबहादुर बुढा

बाजुरा – लालबहादुर थापा

दार्चुला – गणशसिंह ठकुन्ना

बाग्लुङ – सूर्यराज पाठक

ताप्लेजुङ – योगेश भट्टराई

ललितपुर – कृष्णलाल महर्जन

धादिङ १ – भूमि त्रिपाठी

काठमाडौं – कृष्णबहादुर राई

मोरङ – भानुभक्त ढकाल

मोरङ – लालबाबु पण्डित

ओखलढुंगा – यज्ञ सुनुवार

काठमाडौं – जीवनराम श्रेष्ठ

काठमाडौं – कृष्णगोपाल श्रेष्ठ

माओवादी केन्द्र

पूर्वी रूकुम – कमला रोका

रुकुम पश्चिम – जनार्दन शर्मा

बागलुङ – देवेन्द्र पौडेल

सिन्धुपाल्चोक – अग्नि सापकोटा

ललितपुर – पम्फा भुसाल

शेरबहादुर तामाङ

कांग्रेस

काठमाडौं – प्रकाशमान सिंह

रसुवा – मोहन आचार्य

काठमाडाैं – गगन थापा

स्वतन्त्र

हुम्ला ( छक्कबहादुर लामा)

काठमाडौं ४ बाट गगन विजयी

No Comments

काठमाडौं: काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापा विजयी भएका छन्। उनले आफ्ना निकट्तम प्रतिद्वन्दि डा. राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले पराजित गरेका छन्।

थापाले कुल खसेको मतमा २१ हजार ५ सय ५१ मत प्राप्त गरेका थिए भने भट्टराईले १८ हजार १ सय ४० मत प्राप्त गरेका थिए।

Facebook Auto Publish Powered By : XYZScripts.com