Category: News

चैत ३ देखी १३ सम्म श्री रामकथा ज्ञान विज्ञान महायज्ञ

कालिगण्डकी उत्तरवाहिनी क्षेत्र पाल्पाको असेर्दी र स्याङ्जा जिल्लाको मालुङ्गामा प्राकृतिक चिकित्शालय र आधुनिक गुरुकुल निर्माण गरिने भएको छ । प्राकृतिक अस्पताल र आधुनिक गुरुकुल निर्माण गर्ने उद्देश्यले उत्तरबाहिनी क्षेत्रमा आज (चैत ३ देखी १३ सम्म) श्री रामकथा ज्ञान विज्ञान महायज्ञ सुरु हुन लागेको हो ।

कुल ३ अर्ब ९५ करोडको परियोजनाका लागि कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले अभियान थालनि गरेको हो । कालीकगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले कालीगण्डकी कालिगण्डकीको पर्यटन प्रवद्र्धन गर्न, हिन्दू धर्मको संरक्षण, कालीगण्डकी नदी, शालिग्रामको महिमा बढाउन, ऊँकार चक्रशिला संरक्षण, योगध्यान निर्माण, आध्यात्मिक केन्द्र निर्माण गर्न महायज्ञ निर्माण गर्न लागिएको आयोजकले जनाएको छ । महायज्ञका सहसंयोजक पदम अर्यालले ३ अर्ब ९५ करोडको गुरुयोजना सहित महायज्ञ गर्न लागिएको बताए । उनी भन्छन्, ‘गत वर्ष गीता कथावाचन सहित महायज्ञ गरेर ट्रस्ट निर्माण गरेका छौं । अब बृहत्तर विकासका लागि कार्यक्रम गर्न लागेका छौं ।’

विज्ञानलाई ज्ञानका माध्यमबाट कथा प्रवचन गरेर विश्वमा नाम कमाएका चैतन्य कृष्णले महायज्ञ आतङ्क भएको बताएका छन् । उनले स्वार्थबाट अभिप्ररित भएर महायज्ञ लगाउँदा दान गर्नेहरुमा आतङ्क छाएको बताएका हुन् । ‘दान भन्ने कुरा मागेर पाईने होईन । सेवाको भावनाले प्ररित दानमात्र वास्तविक दान हो । महायज्ञ धेरै भएका छन् । हामी कसैसँग केही नमागेर यज्ञ गर्दैछौं,’–चैतन्यले भने ।

निमन्त्रणा:

🌹🌹सम्पूर्ण मा हार्दिक निमन्त्रणा 🌹🌹

अन्य क्षेत्र बार बार – उत्तर गण्डकी एकबार !!!

बृहद् धार्मिक पर्यटकीय स्थल निर्माणार्थ महाअभियानमा छौ !

यो निमंत्रणा शेयर गरेर हजारौ भक्तजन समक्ष पुर्‍याऔँ ।

स्याङ्जा र पाल्पाको संगम स्थल कालीगण्डकीतट उत्तरवाहिनी क्षेत्र महालिङ्ग धाम मालुङ्गा/ हुँगीमा यही चैत्र ३ देखि ११ गते सम्म योगध्यान प्रशिक्षण केन्द्र, प्राकृतिक शिक्षण अस्पताल, आधुनिक गुरुकुलसहितको वृहत्तर पर्यटकीय धार्मिक तीर्थस्थल निर्माणार्थ #विशाल_महायज्ञ आयोजना गरिएको हुँदा यहाँहरूको उपस्थितिका लागि सादर निमंत्रणा गर्दछौँ ।

आयोजक : श्रीकालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान

कुन मन्दिरमा जान्छौ यात्री, सामाग्री के पुजा गर्छौ

आज हरेक टोल टोलमा धेरै मठमन्दिरहरु निर्माण भएका छन् या भनौ केहि अझै बन्दै छन्। देख्दैे छु अचेल मन्दिरमा आउने पुरुष भक्तजनहरुको सङख्या पनि बढ्दो छ।हरेकपल्ट मन्दिर जान्छु, पुरुष भक्तालुहरू देख्दा एउटा प्श्न सोघ्न मन लाग्छ, सबै उमेरका पुरुषहरुसँग चाहे म भन्दा कान्छा हुन् या जेठा या मेरा बुवा अथवा डाँडाका झुल्के घाम समान उमेर भएका पुरूससँग। सर्वशक्तिमान पर्मात्माले मलाई मन्दिर घाउने पुरुषहरुलाई तलका प्श्न सोध्धा ऊत्ताली भन्ने ट्याग लगाउनु हुनेछैेन या सामना गर्न सक्ने अथाह शक्ति पर्दान गर्नु हुनेछ भन्ने विश्वासका साथ सोध्धै छु। म मैले बाबा भनेर पुरूषपात्रलाई सम्बोघन गर्दै छु।

बाबा के तपाईकि धर्मपत्निलाइ खुसीराखी मन्दिर आउने जाने गर्नु भाको छ? आघा उमेर दल्केर म जस्ति युवतिले बाबा भनेर सम्बोधन गर्ने हुँदासम्म कतै घरका सि्रमतिलाइ निर्जिव मुर्तिलाई जति सम्मान दिनु भयो कि नाइ? कतै बैसमा तपाईको कमजोरिले आमाले छोरीमात्र पाइन भनेर सौता हाल्नु भयो कि?आमाका सपनाहरुलाई पुरुषस्त्वको घमन्डले छिनाल्दिनु भयो कि? बाबा एकछिन नअतालिनु न अझै केहि सोधन् चाहान्छु के, बरु आँशु पुछ्नु बाबा।

बाबा सहउमेरका घरकि छोरी र बुहारीलाई फरकफरक बेव्हार त गर्नुहुन्न कतै? आफ्नो जन्मघर सदाका लागि छोडेर तपाइको घर सजाउन आएकि बुहारीलाई तपाईले ईच्छा गरे जति दाइजो ल्याउन नसकेकाले नरोइ एक छाक खान नदिनु भएको त छैन कतै? बाबा आफ्नी बुहारीले नातिनी जन्माउदा फलानाकी बुहारी कति लछ्छिनकि छोरो जन्माइ भनेर अमानविय व्यवहार गर्नु भएको थियो कि?

बाबा आफ्नो छोरोसँग भागेर आएकी तल्लो जातकि केटि या मानौ माथिल्लो जातकि केटीलाई कतै तपाईको कुल बिगार्दि भनेर उसको साँचो मायाप्रेमप्रतिको समर्पणको सजाय स्वरुप छोरा र बुहारीलाई घर निकाला त गर्नु भएन, समाजमा बिधमान अन्धबिश्वासको लहलहैमा लागेर बाबा? बाबा सबै मान्छेको जात एउटै हो, धर्म एउटै हो मानवता बाँकि सब जातभात, धर्म, उँचो गोत्र निचो गोत्र भनेको मानवताको व्यापार गरेर जिविकोपार्जन गर्न बनाइएको भाँडो हो। बाबा ति छोरा बुहारीबाट जन्मेका नाबालक नातिनातिनालाइ पनि कतै हजुरबुबाको स्नेहबाट बन्चित त गर्नु भाकोछैन बाबा?

बाबा, किन यति धेरै रुनु भयो? हजुरलाई रुवाउन मैले यि प्रश्नहरु सोधकि हैन। बस् मानविय संवेदना र भावनालाई पुजा गर्नुस् बाबा यो निर्जिब ढुंङागामा न प्राण छ न माया प्रेमको भावना छ। हरेक मानवको हृदयभित्र नै छन् ईश्वर बाबा तपाईको पुरुषार्थको दम्भले निभेका मानवताको धर्मको सुगन्धित ज्योति फेरी सल्काएर हेर्नु बाबा, ईश्वर आफ्नै हृदयमा हाँसेको पाउनु हुनेछ बाबा।

बाबा मन्दिर दर्सन गरेर सकिए लगत्तै विधालय जानु हुन्छ पढाउन? बाबा मेरा भाइबहिनीलाई आजै बुजाइदिनु है बाबा मानवता नै सबैभन्दा ठूलो धर्म हो भनेर। हजुर त पेशाले शिक्षक हुनुहुदो रहेछ बाबा, हजुरको कुरा बिद्यार्थीले पनि सुन्ने छन् अनि समाजले पनि। सायद म त सामान्य केटी मान्छे भएर होला खासै सुन्ननि समय दिएनन् कसैले, त्यसैले मन्दिर बाहिर कुरेर बसेको म, कसैले सुनिदेला भनेर। हजुरले आफ्नो बहुमुल्य समय मेरोलागि समर्पित गरिदिनु भएकोमा धेरैधेरै धन्यवाद बाबा।

जय मानवता, फेरी फेरी भेटौँला बाबा।

Story concept made by: Dr. Javlonsky Metallica Bhattarai. Feminist leader cum social activist,

 

Wishing all the ladies around the world… Happie international women Day…Embrace feminism and celebrate it each day…

प्रधानमन्त्री कार्यालयले क्षमतावान् र सक्रिय कर्मचारी ल्याउने

No Comments

नयाँ सरकार गठनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो पुुनर्गठनको काम अघि बढाएको छ । नयाँ परिवेशअनुसार सक्रिय र प्रभावकारी बनाउन कार्यालयलाई पुनर्संरचना गर्न लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो । मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा पुनर्गठनको काम अघि बढिसकेको प्रधानमन्त्री कार्यालयका एक सचिवले जानकारी दिए ।  ती सचिवले आफ्नो नाम भने खुलाउन चाहेनन् ।

उनका अनुसार अहिलेको संरचनाबाट प्रभावकारी कार्यसम्पादन हुन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै पुनर्गठन गर्नुपर्ने इच्छा व्यक्त गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि यही संरचनाबाट प्रभावकारी भूमिका देखाउन नसक्ने निष्कर्ष निकालेको छ ।

सरकारले मन्त्रिपरिषद्को कार्यालयको पुनर्गठन गरी समग्र देशको भ्रष्टाचार नियन्त्रण, आर्थिक समृद्धि र सुशासनमा भूमिका खेल्न सक्ने बनाउन खोजिएको जनाएको छ । नयाँ पत्रिकासँग कुरा गर्दै ती सचिवले भने, ‘अहिलेको संरचनाबाट जाँदा मुलुकको समस्या हल गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेपछि पुनर्गठनको काम भइरहेको छ ।

क्षमतावान् र सक्रिय कर्मचारी ल्याउने
अहिलेसम्म प्रधानमन्त्री कार्यालयमा कस्ता कर्मचारी रहने भन्ने मापदण्ड थिएन । अब भने लोकसेवाबाट सर्वोकृष्ट ठहर भएका, सिर्जनशील र कुनै कार्यालयमा बसेर सुशासन तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका कर्मचारीलाई आवश्यकताका आधारमा प्रधानमन्त्री कार्यालयमा तान्ने तयारी मन्त्रिपरिषद् कार्यालयले गरेको छ । अहिले कार्यरतमध्ये धेरै कर्मचारी हट्न सक्ने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । पुनर्गठनको काम भइरहेकाले मन्त्रिपरिषद् कार्यालयले यस विषयमा औपचारिक धारणा बाहिर ल्याएको छैन ।

कस्तो बन्छ अबको प्रधानमन्त्री कार्यालय ?
अब प्रधानमन्त्री कार्यालयमा रहेका केही महाशाखा खारेज हुनेछ । केही शाखालाई थप शक्तिशाली बनाइँदै छ । स्रोतका अनुसार अहिले टिप्पणी उठाएर जानकारी मात्र गराउने काम गरिरहेको हेलो सरकारलाई थप शक्तिशाली र प्रभावकारी बनाउन खोजिएको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा आर्थिक पूर्वाधार महाशाखालाई थप प्रभावकारी बनाइनेछ । प्रदेश र केन्द्र सरकारबीचको समन्वयका लागि प्रधानमन्त्री कार्यालयमा छुट्टै समन्वय महाशाखा गठन गरिँदै छ । नयाँ पत्रिकासँग कुरा गर्दै ती सचिवले भने, ‘आर्थिक समृद्धि, पूर्वाधार विकास र सुशासनलाई आधार बनाएर पुनर्गठन हुँदै छ ।’

Categories: Mirmee News, News

Dr Bhimarjun Acharya in Tokyo

No Comments

Dr Bhimarjun Acharya in an interaction program in  Tokyo said that the federal system in Nepal may ultimately push the nation towards disintegration for sure.

Talking against the federal system said “federal system is financially not viable for Nepal”. The interaction program was organized by Campaign for prosperous Nepal, sponsored and  co ordinated by Businessman Mahesh Kumar Shrestha.

Here is the video of the program (edited)

Equally crucial is the fact that none of the countries that have transformed from unitary to federal model have become more advanced and progressive in the world so far. It is also the fact that out of around 200 countries in the world, only 26 countries are federal states which speak volume about the pervasiveness of the federal form of governance over the world.

Dr. Bhimarjun Acharya, a leading constitutional expert in Nepal, cited the instances of Nigeria, Sudan, Belgium and Ethiopia- four countries in the world that have transformed from unitary to federal state but remained chaotic.

From the very beginning, Dr. Acharya has been a staunch critic of federalism and has publicly stated that federalism will not be a success in Nepal. Interestingly, based on his policy research and the emerging chaotic situation in the country, it would not be wise to belittle his argument.

आँखालाई स्वस्थ राख्ने एन्टिअक्सिडेन्ट: एभोकाडो (Avocado)

No Comments

परिचय :

एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ  । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो  । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाकारक तत्व हुने बताएका छन् ।

नेपालका विभिन्न ठाउँमा एभोकाडो फेलेको पाइएपनि मानिसहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन् ।संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ ।नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन्।पाखा ,खोला बगर  वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ। नेपालका पहाड,तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडो मजाले फल्छ। एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको   ३  देखि ५ वर्षमा फल दिन शुरू गर्ने यसको एकै बोटमै १ हजार किलो (१ सयदेखि ५ सयओटा फल)सम्म फल्न सक्छ।

खेति प्रविधिः

समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।  माटोको पी एच 5.5 देखि 6.5 भएको  ठाउमा राम्रो हुन्छ |
3 ft लम्बाई 3 ft चौडाईको खाडल  खन्नु पर्छ |  १: १ को अनुपातमा बालुवा र कम्पोस्ट मल मिसाई खाडलमा  बिरुवा लाई सार्नु पर्दछ |
बिरुवा सार्दा  १० मिटरसम्मको दुरीमा रोप्नु पर्दछ | रोपेको समयम दिनको एकपटक पानी दिनु पर्छ , बिरुवा सरी सकेपछी हप्ताको एक पटक पानी दिए हुन्छ , बिरुवा रोपेको तल तरकारी वा कोशे बालि रोप्दा माटोको उर्बरा शक्ति बढ्ने र थप उब्जनी समेत लिन सकिन्छ |
रोग तथा किरा लागेको हाँगा हरुलाई काट्ने र हटाउने गर्नु पर्छ |बिरुवा रोपेको ३  देखि ५ बर्षमा फल फल्ने गर्छ | फल टिपेको ५ देखि १० दिनमा फल पाक्ने गर्छ | श्रावन देखि कार्तिक मंगसिरसम्म टिपिने यो फल को मुख्य सिजन भने भाद्र- असोज हो |

एभोकाडोको बजार  :

एभोकाडो बिदेशमा प्रती केजी १००० पर्छ भने, नेपालमा एभोकाडो ३०० देखी ५०० प्रती केजी सम्म गुण्स्तर अनुसार पर्छ, होलसेलमा ठाउँ हेरेर १०० देखी २८० सम्म बिक्छ !

एभोकाडो खानुका  फाइदा :

अत्याधिक पोषक तत्वयुक्त
एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छन् । हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरु एभोकाडोको सिङ्गोफलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जोकोहीले सेवन गर्न सक्छ ।

 उच्च रक्तचापलाई कम गराउँछ
पोटासियम एउटा यस्तो तत्व हो जसले शरीर भित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत् गर्छ र हृदयघात अनि किड्नी फेल हुनबाट समेत बचाउँछ ।

 फाइबरको अधिक मात्राले तौल नियन्त्रण
फाइबर अर्को एउटा तत्व हो जुन एभोकाडोमा अत्याधिक मात्रामा पाइन्छ । यसले हाम्रो तौल नियन्त्रण गर्न र साथै रगतमा सुगर लेभललाई पनि सन्तुलित पारिदिन्छ जसले मधुमेहबाट बचाउँछ ।

आँखालाई स्वस्थ राख्ने एन्टिअक्सिडेन्ट
एभोकाडोमा लीउटीन र जीआछानथीन नामक तत्वहरु पाइन्छन् जसले आँखालाई स्वस्थ राख्न ठूलो भूमिका खेल्छ । वृद्धहरुको आँखामा आउने समस्यालाई पनि यसले कम गराउने भएकाले नियमित एभोकाडोको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन् ।

क्यान्सरबाट बचाउँछ
एउटा अनुसन्धानका अनुसार एभोकाडो नियमित खाँदा यसले क्यान्सरको उपचार गर्दा गरिने केमो थेरापीको साइड इफेक्टलाई न्युन गराउन मद्दत गर्छ । प्रोस्टेट क्यान्सरबाट बचाउने हुनाले पुरुषहरुले दैनिक एभोकाडो खाने गर्नुपर्छ ।

 तौल घटाउन प्रभावकारी
एभोकाडो तौल नियन्त्रण गराउन प्रभावशाली सावित भएको धेरै अध्ययनले बताइसकेको छ । एउटा ग्रुपमाथि गरिएको अनुसन्धानले यस्तो पत्ता लगाएको हो कि एभोकाडो खाएकाहरुलाई अरु खानेकुरा खाएकाभन्दा थोरै मात्रै भोक लाग्दछ । त्यसैले एभोकाडो खाँदा आफैँमा थोरै खाना खाइन्छ जसले तौल नियन्त्रण गराउँछ । साथै अधिक मात्रामा फाइबर हुने भएकाले पनि एभोकाडो तौल कम गराउन धेरै मद्दतगार साबित भइसकेको छ ।

पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ ।

एक दिनमा एउटा एभोकाडो खानेगरेमा कोलेस्ट्रोल आपसेआप हराएर जान्छ ।

 

 

 

Categories: Health, News
Facebook Auto Publish Powered By : XYZScripts.com