Category: Business

विवेकशील साझा पार्टी राष्ट्रिय दल नबन्ने निश्चित

No Comments

 ‘योपटक राष्ट्रिय पार्टी, अर्कोपटक देशको नेतृत्व ।’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रेको रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी राष्ट्रिय दल नबन्ने निश्चित भएको छ ।

राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेकै हुनुपर्छ । समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गरेर थ्रेसहोल्ड कटाउनुपर्ने हुन्छ ।

1. साझा पार्टीले जसरी स्थानीय चुनावमा पूर्वसचिव किशोर थापा, निरुपमा यादव, डा. सूर्यराज आचार्य, रमेश महर्जन र शोभा शाक्यजस्ता प्रवुद्ध व्यक्तिलाई राजनीतिक मैदानमा उतार्‍यो, विवेकशीलले चाहिँ ‘टीन एजर्स’हरुमा बढी भर गर्‍यो 

2. विवेकशील साझा पार्टीलाई पनि टाढाबाट, विदेशबाट हेर्दा सुन्दर र वैकल्पिक शक्तिका रुपमा मानिसहरुले ठानेका थिए, यसको नेतृत्वमा त्यस्तो देखिएन ।

3. मत पत्रमा तराजु खोजेर भोट हाल्न अरू पार्टीलाई जस्तो सहज थिएन।

ने.क.पा. एमालेका लीला  गिरी निर्वाचित

No Comments

रुपन्देही २ को प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यमा  ने.क.पा. एमालेका केन्द्रीय सदस्य तथा सालिन र भद्र नेता आदरणीय लीला गिरी निर्वाचित  भएका छन।

Categories: Business, Careers, Mirmee News

नेपाली काङ्ग्रेस अहिलेको अबस्थामा आइपुग्न ३ जना नेता जिम्मेवार रहेको गगनको आरोप

No Comments

नेपाली काङ्ग्रेस अहिलेको अबस्थामा आइपुग्न निम्न लिखित नेता जिम्मेवार रहेको भनि गगन थापाले आफ्नो फेसबुक वालमा शेयर गरेका छन् । यी नेताले गर्दा कांग्रेसले अहिलेको परिणाम भोग्न बाध्य रहेको उहाको आरोप छ १. गिरिजाप्रसाद कोइराला, 

२.कृष्णप्रसाद सिटौला,  

३.शेरबहादुर देउबा।

गिरिजा किन?

नेपाली काङ्ग्रेस भनेको एक मध्यम बर्गिए नेपालीलाइ प्रतिनिधित्व गर्ने पार्टी हो । धर्म ,संस्कृतिलाइ संरक्षण गर्ने पार्टी हो तर गिरिजाले काङ्ग्रेसलाई के बाट के बनाए ? प्रथम रास्ट्रपतिको लोभमा राजतन्त्र र हिन्दुरास्ट्रबाट पार्टीको बिधानलाई उल्टाएर गणतन्त्र र धर्म निरपेक्ष बनाए , यसबाट धर्ममाथी आस्था राख्ने सम्पूर्ण ब्यक्तीको आस्था काङ्ग्रेसबाट खुस्कियो , नेवार , बाहुन र छेत्रीहरुलाइ काङ्ग्रेसले टिक्न दिएन ।काङ्ग्रेस आफ्नो एजेण्डामा चलेन ,माओवादीको एजेण्डामा चल्यो ।देशभर कम्युनिस्टको एजेन्डा स्थापित भए पछि अहिलेको ताजा मतपरिणाम आउनु स्वभाविक हो ।

२.सिटौला किन?

धर्म निरपेक्ष नेपाल बनाउन प्रचण्डलाई त्यति हतारो थिएन होला जति सिटौलालाइ थियो । राजा हटाउन यति जोडबल गरे कि नया राजा उनै हुँदैछन । गिरिजाबाबुको प्रीय पात्र भन्दै गिरिजा बाबुलाइ बहकाउने र काङ्ग्रेसको नीति परिवर्तन गराउन लागि पर्ने यिनै हुन। सच्चा काङ्ग्रेसीले सिटौलालाइ अहिलेको अबस्थामा कहिले माफ गर्न सक्ने छैनन। फलस्वरूप अहिले उनी तिनै राजाको पार्टीको राजेन्द्र लिङ्ग्देलसंग हार्दैछ्न। झापामा पनि अहिलेको चुनावमा प्रत्यक्षमा चुनाव नलडी समानुपातिकमै बसिरहेका भए सायद नतिजा झापा भरी अर्कै हुन्थ्यो होला तर उनिले आफ्नो स्वार्थ पूर्तिका लागि पार्टीलाई हराए।

३ . पहिले बिचरा शेरबहादुर तर अहिले थुक्क शेरबहादुर

शेरबहादुर देउबा यस्ता पात्र हुन जस्ले सत्ताको लागि पार्टी देखि सडक सम्म बिद्रोह गरे । कोइरालाको बिरासतको समापन नभै कहिले अवसर पाइन भनेर रोएर हिडे तर जब उनी पार्टी सभापति भए उनिले कोइराला नभए पार्टी नचल्ने प्रमाणित गरेर देखाइदिए । जब उनी सभापति थिए परिवर्तन धेरै अघि पुगिसकेको थियो त्यसैले उनलाइ सिटौला र गिरिजाप्रसाद जस्तो पार्टीको लाइन बिपरित गएको भन्न मिल्दैन तर आफ्नो साझा सबालको रिस , पत्नीप्रेमको कारण सधै पार्टीलाई युवापुस्ताको अगाडि अलोकप्रिय बनाए । यति मात्र नभै सकिन लागेको माओवादीलाई स्थानीय चुनावमा तालमेल गराएर काङ्ग्रेस भन्दा मजबुत बनाए र बामपंथी एकता पछि पनि कुनै चुनावी रणनीति नबनाइ अघि बडे ।कम्तिमा हिन्दुरास्ट्रको मुद्दा लिएर चुनाबमा गएको भए अहिले बामपंथि लगभग पत्तासाफ हुन्थे तर उनले त्यसो गरेनन किनकि काङ्रेसिलाइ कम्युनिस्टको एजेन्डामा चल्ने बानी परेको छ …..गगन थापा

Categories: Business, Careers, Mirmee News

सिन्धुपाल्चोक-२ मा पशुपतिशमशेरलार्इ पराजित गर्दै शेरबहादुर तामाङ विजयी

No Comments

२३ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं. २ मा वामपन्थीका उम्मेदवार एमाले नेता शेरबहादुर तामाङ विजयी भएका छन् ।

तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गर्दै विजयी भएका हुन् ।

तामाङले ३८ हजार ४०१ मत ल्याए । उनका प्रतिस्पर्धी राणाले ३० हजार ३६९ मत ल्याएका छन् ।

Onlinekhbar

ललितपुर-३ मा माओवादीकी पम्फा भुसाल विजयी

No Comments

२३ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. ३ मा वामगठबन्धनबाट माओवादी प्रबक्ता पम्फा भुसाल विजयी भएकी छन् ।

भुसालले कंग्रेसका मदनलाल अमात्यलाई पराजित गर्दै विजयीभएकी हुन् । उनले २४ हजार ३६ मत ल्याइन् ।

उनका प्रतिस्पर्धी अमात्यले २२ हजार ३३६ मत ल्याएका छन् ।

Facebook Auto Publish Powered By : XYZScripts.com