Category: Mirmee election

बम अथवा बिष्फोटक पदार्थ भेटिएमा के गर्ने ?

No Comments

”शंकास्पद कुरा जस्तै प्रेसर कुकर, तारका या डोरी जत्था, गुडिया, रेडियो, प्याकेटका सामान, गिफ्ट जस्ता कुरा, खेलौना, असाधारण आवाज या बाफ उडेका कुराहरु लगायत शंकास्पद कुराहरु बम हुन सक्दछन् । कसैले झारेको मुल्यवान सामानका रुपमा यिनलाई बेवारिसे छाडिएको हुनसक्दछ, सतर्क रहनु होला ।”

चुनावी माहोलमा दिनै जसो बम अनि बिष्फोटनका घटनाहरु आइरहेका छन् । घर, गाँउ, चोक अनि चौराहमा यस्ता बिष्फोट अनि निष्क्रिय पारिएका घटनाहरु सुनिरहेकै छौ, हैन र ?
आउनुहोस् आज जानकारी लिउ, यदि हामीले बम या बिष्फोटक पदार्थ देखिहालेमा या भेटि हालेमा के गर्ने र कसरी सुरक्षित रहने भन्ने बिषयमा ।

बिष्फोटक पदार्थ बनाउने मुख्य सिद्धान्त नै चापको आधारमा रहेको हुन्छ, कुनै पनि बस्तु या पदार्थमा एक्कासी चापको प्रवाह अत्याधिक गरेर चाप निष्काषन एकैसाथ एक्कासी अनि सानो मार्गद्धारा गराउनाले चापको बिष्फोट हुन्छ ।
बमहरु लाई मुख्यतया तिन भागमा बिभाजन गरिएको छ । बेलुन, बियर क्यान, ब्वाइलर, टायर, प्रेशर कुकर लगायत घरायशी प्रयोगमा ल्याउन सकिने कुराहरुलाई बमका रुपमा प्रयोग गरिन्छ जून प्रथम प्रकारका बम या बिष्फोटक पदार्थको सूचीमा राख्न सकिन्छ । दोश्रो सूचीमा टीएनटी, ब्ल्याक पाउडर, हाते ग्रिनेड, डाइनामाइट, डिटोनेटर आदि पर्दछन् । तेश्रो श्रेणीमा भने थर्मोन्यूक्लिएर बमहरु पर्दछन जसको खतरा या सामना हामीले गरेका र गर्नुपर्ने कम संभावना छ ।


बिष्फोटक पदार्थको सही जानकारी र सावधानी नभएमा धेरैको ज्यान जोखिममा पर्न सक्दछ ।
सर्वप्रथम यदि हामीले बिष्फोटक पदार्थ भेटिएमा नआत्तिकन अनि सावधानीपूर्वक कदम चाल्न पर्दछ । हाम्रो सावधानीले मात्र हामीलाई बिष्फोटनबाट जोगाउन सक्दछ । फिल्ममा देखिएका बमहरु जस्तै झिमिल या टिलपील रुपमा बत्ति बलेका पदार्थ मात्र बम हैनन, बम हामीले दैनिक जीवनमा प्रयोग गर्ने जे कुरा पनि हुनसक्दछ ।
शंकास्पद कुरा जस्तै प्रेसर कुकर, तारका या डोरी जत्था, गुडिया, रेडियो, प्याकेटका सामान, गिफ्ट जस्ता कुरा, खेलौना, असाधारण आवाज या बाफ उडेका कुराहरु लगायत शंकास्पद कुराहरु बम हुन सक्दछन् । कसैले झारेको मुल्यवान सामानका रुपमा यिनलाई बेवारिसे छाडिएको हुनसक्दछ, सतर्क रहनु होला ।यस्ता कुराहरुलाई छुन या चलाउन भने हुँदैन् । वरपरवाट कुनै हलचल पनि नहोस र वरपरबाट मान्छेहरु लाई हटाउनुहोस् । यसरी हटाँउदा सकेसम्म आफू सहीत सबैजना धेरै पर जानुहोस किनभने बमको प्रकृती हेरेर बिष्फोटन क्षमता थाहा हुँदैन अनि बम बिष्फोट हुदा छर्राबाट जोगिन पनि धेरै पर बस्न जरुरी छ । धेरै होहल्ला र चर्को आवाज नभएको जाती मानिन्छ, यस्तो समयमा सकेसम्म मोबाइल या अन्य बिधुतीय सामानहरु नजिक हुने गरि नचलाउन पनि सल्लाह दिइन्छ । अनि कुनै ठूलो भवन माथि भएका बेला बम या बिष्फोट बाट भाग्न परेमा सकेसम्म लिफ्टको प्रयोग नगरि सिढीं नै प्रयोग गर्दा सुरक्षित हुने अध्यनले जनाँउदछ । सकेसम्म शिघ्र समबन्धीत अधिकारीलाई जानकारी गराउन पर्दछ । यसरी जानकारी गराँउदा नजिकैको प्रहरी कार्यलयमा जानकारी गराउन पर्दछ । यसरी बम या बिष्फोटक पदार्थ को शंका या भेउ पाएपछि हामी सर्तक रहनुपर्दछ र यदि एक्कासी बिष्फोटन भएमा या हुनेभएमा भने हामीले निम्न सर्तकता अपनाउन पर्दछ । भएको बाटो, सवारी साधन या घरमा बम रहेको जानकारी पाएमा सावधानी पूर्वक स्थान छोड्न जरुरी हुन्छ तर संभव नभएमा भने कुनै बस्तु या भित्ताको सुरक्षित आडमा बस्ने, फुट्ने सीसा या झ्याल वरपर नबस्ने र अरु संभवत जोखिम हुने या झरेर लाग्ने फुटने कुरावाट टाढा बस्न जरुरी हुन्छ । स्मरण रहोस देख्दा सानो देखिएपनि बम या बिष्फोटक पदार्थको असर भने भयानक हुन सक्दछ, तसर्थ माप्पाको भएर छुने या फाल्न खोज्ने, चलाउने गर्नुभयो भने आफ्नो लगायत अरुहरुको पनि जीवन जोखिममा पर्नसक्दछ ।
आफु पनि जोगीऔं अनि अरुलाई पनि बचाऔं । यी जानकारीहरु जर्जीया बिश्वबिधालयमा सुरक्षा संयन्त्र अध्यनरत बिधार्थीहरुको शोधका आधारमा तयार पारिएको प्रतिवेदनबाट लिइएको हो ।

स्राेत: हाम्रो पात्रो

चुनावी पूर्वसन्ध्यामा र्मिर्मीमा बम आतंक

No Comments
मिर्मी जैपते सडक खण्ड अन्तर्गत कालिगण्डकी 5 डाँडा मा आज बम भेटीएको छ ।

एउटा बोरामा खतरा भनेर लेखि सडक को बिचमा  सुतली बम राखीएको अवस्थामा भेटिएको प्रहरी कार्यालय जैपते ले जनाएको छ। दिउसो करिब सवा १२ बजे स्थानियले वम देखेपछि प्रहरीलाई खवर गरेका थिए।

स्थानीय प्रहरी र सेना को टोली ले चेकजाँच गरिरहदॉ सडक तिन घण्टा भन्दा बढी बन्द गरिएको थियो।
बम भरखरै डिस्पोजल टोलीले निस्क्रिय पारेको र जनजीवन सामान्य भएको खवर छ। घटनाबारे प्रहरी अनुसन्धान तिव्र पारेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन ।
SaveSave

SaveSave

 

SaveSaveSaveSave

SaveSave

SaveSave

कालीगण्डकी गाँउपालिका अध्यक्ष थापाले दिए सबैलाई धन्यवाद

कालीगण्डकी गाँउपालिका स्याङ्गजाका निर्वाचित अध्यक्ष खिम बहादुर थापाले आफूलाई सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिएका छन ।
आफ्नो फेसबुकमा स्टाटस लेख्दै थापाले मतदाता, निर्वाचन सम्पन्न गराउनेहुने कर्मचारी, सुरक्षाकर्मी, समर्थक, सुभेच्छुक लगायत सम्पूर्ण सम्बन्धीतहरु प्रति आभार व्यक्त गर्दै शुभकामना तथा बधाई दिनेहरुलाई धन्यवाद ज्ञापन गरेका हुन् ।
थापाले लेखेका छन “यो अवसर र चुनौती दुबै हो मैले यसलाई नागरिकको सेवा गर्ने अवसरको रुपमा लिंदै काम गर्ने प्रण गरेको छु । ”

Him Bahadur Thapa

बैशाख ३१ गते भएको स्थानिय तहको पहिलो चरणको निर्वाचनमा थापाले नेपाली कांग्रेसका उम्मेदवार शेर बहादुर थापालाई ६६६ मतले पछाडी पार्दै ५०८८ मत ल्याएर बिजयी भएका थिए ।

कालीगण्डकी गाउपालिका स्याङ्जाको अध्यक्षमा खिम बहादुर थापा

स्याङजा जिल्ला मा भएको स्थानिय तहको निर्वाचन 

कालीगण्डकी गाउपालिका स्याङ्जाको अध्यक्षमा खिम बहादुर थापा विजयी भएका छन् ।

नेपाली कांग्रेसका शेरबहादुर थापालाई ६६६ मतले पछाडी पार्दै एमालेका खिमबहादुर थापाले ५०८८ मत ल्याएर विजयी भएका हुन् । शेरबहादुरले ४४२२ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा एमालेकै  सावित्रा थापा निर्वाचित भएकी छन् ।  नेपाली कांग्रेसकी तुलसा पाण्डेलाई ७९१ मतले पछाडि पार्दै सावित्रा विजयी भएकी हुन् । पाण्डेले ४३२५ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी नै कालीगण्डकी गाउँपालिकामा रहेका ७ वटा वडामध्ये

१ मा ११७३ मत प्राप्त गरी एमालेका शोभिलाल चौतारे विजयी भएका छन् भने

२ मा ८०० मत प्राप्त गरी कांग्रेसका नरबहादुर राना,

३ मा ७३९ मत ल्याई कांग्रेसका रामबहादुर आले,

४ मा ७५४ मत प्राप्त गरी कांग्रेसको चक्रपाणी पाण्डे,

५ मा ७०२ मत ल्याई एमालेका लोकेदार थापा,

६ मा ८७२ मत ल्याई एमालेका लीलाबल्भ अधिकारी र

७ मा ६३३ मत ल्याएर एमालेका मुक्तिप्रसाद भट्टराई   निर्वाचित भएको निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले बताए ।

स्याङजाको गल्याङ नगरपालिकामा नेकपा एमालेका मेयर भूपराज अधिकारी एवम् उपमेयर मा देवि थापा बिजयी हुनुभएको छ । वडाहरुमा नेकपा एमाले क्रमश : १,२,४,६,७,र ११ बिजयी हासिल गरेको छ । नेपाली काग्रेसको। तर्फबाट क्रमश: ३,८,९,र १० मा बिजयी भएको छ । यस्तै नेकपा माओवादी (केन्द्र) ले वडा नं. ५ मा बिजय प्राप्त गरेको छ ।

कालिगण्डकी गाउँपालिका वडा नं ७ मा एमालेको सम्पूर्ण प्यानल बिजयी :
वडा नं ७ मात्रै को नतीजा
गाउँपालिका अध्यक्ष
एमाले – 633
काङ्रेस – 476
माओवादी – 52


उपाध्यक्ष
एमाले – 583
काङ्रेस – 523
माओवादी – 50

वडा अध्यक्ष
एमाले – 577
काङ्रेस – 522
माओवादी – 50

महिला सदस्य
एमाले – 610
काङ्रेस – 498
माओवादी – 45

 

चापाकोट नगरपालिकाको मेयरमा कांग्रेसका गिरी विजयी

चापाकोट नगरपालिकाको मेयरमा कांग्रेसका शिवकुमार गिरी विजयी भएका छन् । उनले ५ हजार ९ सय ८९ मत ल्याएर नगरपालीकाको प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धिमान श्रेष्ठले ५ हजार ८ मत प्राप्त गरेका छन् ।

चापाकोटको उपमेयरमा कांग्रेसकै बिमला श्रेष्ठ विजयी भएकी छिन् । उनले ६ हजार ३ सय ५८ मत ल्याएर विजयी भएकी हुन् । १० वडा रहेको नगरका वडा नं. १, २, ३, ४, ५, ६ र ८ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । यस्तै वडा नं. ७, ९ र १० मा एमालेको प्यानल विजयी भएको छ । वडा नं.१ टिकाराम तिवारी, २ मा सुर्य बहादुर सेन, ३ मा सुन्दर विक्रम खाँण, ४ मा विक्रम सारु, ५ मा इन्द्र बहादुर शाही, ६ मा एकदेव भट्टराई, ७ मा रविचन्द्र बस्ताकोटी, ८ मा नवराज श्रेष्ठ, ९ मा शंकरभक्त भण्डारी र १०मा रामुकोइराला वार्ड अध्यक्षको रुपमा विजयी भएका हुन् ।

Latest:
कालीगण्डकीगाउँपालिका प्रमुखको मत गणना जारी:

नेपाली काङ्ग्रेसका शेरबहादुर थापा : ३७३८
उपप्रमुख : ३५६९

नेकपा एमालेका प्रमुख खिमबहादुर थापा : ३५८३
उपप्रमुख : ३६६१

नेकपा माओवादी केन्द्र प्रमुख इन्द्र थापा : २२०
उपप्रमुख : २३५

कालिगण्डकी गाउँपालिका वडा नं ५ मा वडा अध्यक्ष मा एमाले ३२ मतले बिजयी भएको खवर छ।

यता, काली गण्डकी गॉउपालिकाको वडा-७ सबै भन्दा चासोको विषय बनेको छ। हामीहरु अपडेट गरिरहने छौं। सधैंको चुनावमा यस ठाउँको भोट निर्णायक रहने गरेको बताइन्छ।

Facebook Auto Publish Powered By : XYZScripts.com