Author: Mirmee Reporter

मिर्मीफाँटमा बन्दै शिवालय मन्दिर

मिर्मीफाँट स्थित नवमिर्मिरे यूवा क्लब र आमासमूह द्वारा संयुक्तमा शिवालय मन्दिर निर्माण कार्य सुरु गरि अहिले मन्दिरको चौथो चरणको ढलान सम्पन्न भैसकेको छ । मन्दिर निर्माणका लागि आर्थिक सहयोग जिविस (साविक), स्थानिय बासिन्दा तथा रोजगारीको सिलसिलामा जाने परदेश बस्ने महानुभावले जुटाउनु भएको थियो । मन्दिर बनेपछि विवाह, ब्रतबन्ध तथा अन्य धार्मिक तथा सामाजिक कार्यको लागि सहज हुने स्थानिय शिक्षक तथा समाजसेवि हरिप्रसाद भट्टराईले बताउनुभयो । साथै मन्दिर संगै पौवाको निर्माण कार्य समेत अगाडि बढाउने जानकारी दिनु भयो ।
मन्दिर निर्माण पस्चात गाउँको शोभा बढ्ने र सामाजिक तथा धार्मिक कार्यक्रम मन्दिर बाटै गर्न सहज हुने भयकाले मन्दिर अत्यावस्यक रहेको जानकारी स्थानिय समाजसेवी युगराज न्यौपानेले दिनु भयो । मन्दिर तथा पौवाको निर्माणका लागि बिदेशमा रकम संकलन गर्नु भएका गायक तथा समाजसेवी छबिकिरण भट्टराई मन्दिरको लागि आवश्यक परे थप आर्थिक संकलन कार्य गर्ने साथै मन्दिरलाई सुन्दर र ब्यवस्थित बनाउनेमा जोड दिनु भयो ।

Mandir

छिट्टै विमानस्थलको काम सुरु हुन्छ : राजदूत होङ

२३ वैशाख । नेपालका लागि चिनियाँ राजदूत यु होङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अब छिट्टै सुरु हुने बताएकी छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घद्वारा शनिबार पोखरामा आयोजित स्वागत तथा अन्तक्रिया कार्यक्रममा बोल्दै राजदूत होङले ‘तपाईंहरुले विमानस्थल निर्माणका लागि ४० वर्षसम्म कुर्नुभयो अब धेरै कुर्नु पर्दैन, निर्माणको प्रक्रिया अघि बढिसकेकाले अब केही समय धैर्य गर्नुहोस्’ भनिन् ।
प्राकृतिक सम्पदा, तालतलैया र रमणीय हिमशङ्खलाले गर्दा नेपाल चिनियाँ पर्यटकका लागि गन्तव्यस्थल बन्दै गएको बताउँदै उनले धेरै पर्यटक नेपालमा पठाउन चिनियाँ दूतावासले सघाएको धारणा राखिन् ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले एक वर्षअघि शिलान्यास गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न नसकेकाले यसलाई अघि बढाउन विशेष पहल गर्न राजदूत होङसँग आग्रह गरिन् ।


नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीनसँगको व्यापारमा नेपालको व्यापार घाटा बढ्दै गएकाले नेपाल र चीनबीच धेरै नाका खोली व्यापार घाटा कम गर्नेतर्फ राजदूतको ध्यानाकर्षण गराए ।

Categories: Pokhara airport Tags: Tags:
Facebook Auto Publish Powered By : XYZScripts.com