समाचार

स्याङ्जा जिल्ला कालिगण्डकी गाउँपालिका अन्तर्गतका बिभिन्न पार्टी हरुको उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ । उक्त गाउँपालिकामा प्रमुख तीन राजनैतिक दलको उम्मेदवारी चर्चाको बिषय बनेको छ । नेपाली काङ्रेसको तर्फ बाट गाउँपालिका अधक्ष्यमा बिर्घाका शेर बहादुर थापा, ऊपाधक्ष्यमा मिर्मीकी तुलसा पाण्डे रहेकी छन । नेकपा एमालेबाट अध्यक्षमा कृष्णगण्डकीका खिम बहादुर थापा, उपाधक्ष्यमा चण्डिभन्ज्याङकी साबित्रा कोइराला रहेकी छन । यसैगरी माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा कृष्णगण्डकीका इन्द्र बहादुर थापा, उपाधक्ष्यमा बिर्घाकी बिष्णुमाया राना रहेकी छन ।

कालिगण्डकी गाउँपालिका स्याङ्जाका उम्मेदवारहरू काे विवरण



Facebook Auto Publish Powered By : XYZScripts.com