स्याङजामा के के भयो?

स्याङजामा के के भयो?

स्याङजामा शनिवार आयोगका प्रतिनिधिले ल्याएको पत्रमा सहमति जनाउँदै आइतबार विहान ८ बजे पुन: सर्वपक्षिय वैठक बसेर ११ बजेवाट मतगणना सुरु गर्ने सहमति सहित बैठक सम्पन्न भएको छ। 

दुई गठबन्धनबाट निस्किएका विवादहरु :

दुवै पक्षबाट उम्मेदवारहरुमाथी हातपात गरिएको आरोप लगाइएको थियो।  सोही विषयलाई लिएर विवाद चुलिदै जाँदा निस्कर्ष निस्कन सकेको थिएन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबारदेखी शनिबारसम्म एउटा पनि सर्वपक्षिय वैठक बसाल्न नसकेपछि दलद्धारा परेका निवेदनलाई निर्वाचन आयोगमा पठाएको थियो । आयोगद्वारा स्याङजामा रोकिएको मतगणना सुचारु गर्न शनिवार दिउँसो पत्र पठायो । पत्रसँगै निर्वाचन आयोगका समानुपातिक तर्फका सहायक निर्वाचन अधिकृत सुशील कोइराला र आयोगकै उपन्यायधिवत्ता धनश्याम ओझाको उपस्थितिमा शनिवार बेलुका ६ बजे बसेको सर्वपक्षीय वैठकमा कुनै पनि दलले विवाद निकालेनन । 

बाम गठबन्धनले मतगणना गर्न रोक लगाउँदै कांग्रेसद्वारा कव्जा गरिएका ४ वटा बुथमा पुन: मतदानको माग राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको थियो । त्यसपश्चात कांग्रेसले पनि एमालेद्वारा ५ वटा बुथ कव्जा भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराएको थियो । 

Author: Mirmee Reporter-BN

Leave a Reply

Your email address will not be published. Required fields are marked *