विवेकशील साझा पार्टी राष्ट्रिय दल नबन्ने निश्चित

 ‘योपटक राष्ट्रिय पार्टी, अर्कोपटक देशको नेतृत्व ।’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रेको रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी राष्ट्रिय दल नबन्ने निश्चित भएको छ ।

राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेकै हुनुपर्छ । समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गरेर थ्रेसहोल्ड कटाउनुपर्ने हुन्छ ।

1. साझा पार्टीले जसरी स्थानीय चुनावमा पूर्वसचिव किशोर थापा, निरुपमा यादव, डा. सूर्यराज आचार्य, रमेश महर्जन र शोभा शाक्यजस्ता प्रवुद्ध व्यक्तिलाई राजनीतिक मैदानमा उतार्‍यो, विवेकशीलले चाहिँ ‘टीन एजर्स’हरुमा बढी भर गर्‍यो 

2. विवेकशील साझा पार्टीलाई पनि टाढाबाट, विदेशबाट हेर्दा सुन्दर र वैकल्पिक शक्तिका रुपमा मानिसहरुले ठानेका थिए, यसको नेतृत्वमा त्यस्तो देखिएन ।

3. मत पत्रमा तराजु खोजेर भोट हाल्न अरू पार्टीलाई जस्तो सहज थिएन।

Author: Mirmee Reporter-BN

Leave a Reply

Your email address will not be published. Required fields are marked *