स्याङ्जा सदरमुकाम तनावग्रस्त

No Comments

स्याङ्जा सदरमुकाम तनावग्रस्त बनेको छ ।

नेकपा (एमाले)का नेता तथा कार्यकर्ताहरूले स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठमाथि हातपात गरेपछि प्रहरीले रोक्न खोज्नेक्रममा नेकपा (एमाले)का आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए ।

 नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ का सेखाम,मल्यामकोट लगाएतका बुथकब्जा गरेको र सो ठाउँहरुमा पुर्न मतदानको माग गर्दै बामगठबन्धनका कर्याकर्ता निर्वाचन आयोगको कार्यालयमा ज्ञापन पत्र बुझाउन जाने क्रममा झडप भएको खबर छ । नेकपा एमालेका नेता कृष्ण खाण लगायत केही कार्यकर्ता घाइते छन।

अहिले जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा रहेका मतपेटिकाको सुरक्षाकर्मीले रेखदेख गरिरहेका छन् ।

Categories: Business, Careers, Mirmee election, Mirmee News Tags: Tags:

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: