बाराको जीतपुरसिमरा उपमहानगरपालिका सिमरास्थित हुलास स्टिल इन्डिस्टिज प्रालीमा आगलागी भएको छ

शनिबार मध्यान्ह कुलिङ्ग टावरमा आगलागी भएको हो । आगलागीको कारणबारे खुल्न सकेको छैन ।

आफूहरु पुग्दा आगो लागिरहेको भेटिएको कामदारहरु बताउँछन् । नेपाल आयल निगम अमलेखगञ्ज र उपमहानगरको बारुण यन्त्रले करिब ४० मिनेटपछि आगो नियन्त्रण लिएको छ । आगलागीबाट करिब ४० लाख बढीको क्षतिको प्रारम्भिक अनुमान गरिएको कम्पनीका प्रमुख जवाहर लाल आर्यले जानकारी दिए ।

Author: saru

Leave a Reply

Your email address will not be published. Required fields are marked *