मेलम्ची आयोजना : मुख्य ठेकेदार भागेपछि व्यवसायी र कर्मचारीद्वारा आन्दोलन

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार भागेपछि समस्यामा परेका नेपाली निर्माण व्यवसायी र कर्मचारीले आन्दोलन शुरु गरेका छन् ।


उनीहरुले आज आयोजना निर्माणस्थलमा पुगेर आफुले काम गरे बापतको रकम भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलन थालेका हुन । आयोजना निर्माणको मुख्य कम्पनी सीएमसीसँग उनीहरुले डेढ अर्ब भन्दा बढी भुक्तानी लिन बाँकी रहेको बताइएको छ ।

Author: saru

Leave a Reply

Your email address will not be published. Required fields are marked *