चार दशकपछि पहिलो पकट त्रिभुवन विमानस्थलको स्तरोन्नती हुँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको चार दशकपछि पहिलो पकट स्तरोन्नती हुन लागेको छ । चैत्र १८ गतेदेखि स्तरोन्नती काम सुरु भएपछि राती १० बजेदेखी विहान ८ बजेसम्म १० घण्टा विमानस्थल बन्द रहने छ

सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको थिएन । लामो समयदेखी धावनमार्गको स्तरोन्नती हुन नसक्दा धावनमार्गमा चिरा पर्नुका साथै पत्रपत्र भएर उप्किन थालेको थियो ।

धावनमार्गमै जोखिम बढेपछि २०७५ कार्तिकमा धावनमार्गको स्तरोन्नतिका लागि चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पाेरेसनले निर्माणको जिम्मा दिइएको थयो । चिनियाँ कम्पनीसंग करसहित पाँच अर्वमा धावनमार्गको स्तरोन्नतीसम्झौता भएको हो । यसका लागि कम्पनिले तयारी पनि शुरु गरेको छ ।

कम्पनीले पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ ।धावनमार्ग सकेपछि ‘पार्किङ बे’ को काम शुरु गरिनेछ ।धावन मार्गको स्तरोन्नती शुरु भएपछि वायुसेवा प्रदायक कम्पनीले रातीको समयमा हुने उडान तालिकालाई परिवर्तन गरि दिउँसो तय गर्ने भएका छन् । तर कुनै पनि उडान कटौती नहुने विमानस्थलले जनाएको छ।

करिब चार महीनामा धावनमार्गको स्तरोन्नतीको काम सकिनेछ । विमानस्थलका अनुसार धावनमार्ग जिरो टु देखि सोह्र सय मिटरसम्म अत्यन्त बिग्रिएको अवस्थामा छ ।विमानस्थलमा अहिले दैनिक करीब १०० अन्तर्राष्ट्रियसहित दैनिक सरदर ३०० उडान हुन्छन् । यो विमानस्थलबाट आन्तरिकतर्फ हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा ३१ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

Author: saru

Leave a Reply

Your email address will not be published. Required fields are marked *