कोमल वलीले संसद बैठकबाटै माफी मागेकी छन् ।

 विवादमा तानिएकी राष्ट्रियसभा सदस्य कोमल वलीले संसद बैठकबाटै माफी मागेकी छन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले प्रयोग गरेको ‘मरेपछि … राजा’ उखानले आफूहरुलाई होच्याएको भन्दै दलित समुदायले विरोध जनाएका थिए ।

Image result for komal oli

बुधबारको राष्ट्रियसभा बैठकमा सांसद ओलीले आफूले प्रयोग गरेको उखानको शब्दले कसैमाथि चोट पुगेको भए क्षमा याचना गर्ने बताएकी हुन् । ‘यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । मैले प्रयोग गरेको उखानको शब्दले दिने अभिधार्थका कारण कसैलाई चोट पुगेको भए म त्यसप्रति म क्षमा याचना गर्दछु’ उनले भनेकी छन् ।

आफूले आकस्मिक रुपमा प्रयोग गरेको उखानको विषयलाई इस्यु बनाएर आफूमाथि झन् ठूलो प्रहार भएको वलीको भनाइ छ । ‘जसले मैले भनेको शब्दबाट आफ्नो मन दुखेको बताउनुभएको छ उहाँहरुबाटै म माथि त्यो भन्दा बढी असभ्य शब्द प्रयोग भएको सामाजिक सञ्जालमा भेटेकी छु’ उनले भनेकी छन् ।
जीवति हुँदा नै राम्रो काम गर्न मन भएको र मृत्युपछि दिने सम्मानमा विश्वास नभएको भावना अभिव्यक्त गर्न आफूले उक्त उखान प्रयोग गरेको वलीको भनाइ छ ।

Author: saru

Leave a Reply

Your email address will not be published. Required fields are marked *