पोखरा शहर जोड्ने पुल चर्किएपछि धेरै लोड बोकेको गाडी आवतजावत प्रतिबन्ध

 पोखरा शहर जोड्ने विजयपुर खोलामाथिको पुल चर्किएपछि धेरै लोड बोकेको गाडीमा प्रतिबन्ध लगाइएको छ ।

‘पुलमा खिया लाग्न र रङ खुइलिन थालेपछि रङ लगाउन थालेका थियौं । त्यहीबेला पुल जोखिममा रहेको भेट्यौं,’ कार्यालय प्रमुख हरिकुमार पोखरेलले भने, ‘बेलैमा पुनर्निर्माण नगर्ने हो भने पुल भत्किने सम्भावना छ ।’

कार्यालयले पुलमा टेको लगाएरै चर्किएका ठाउँमा मर्मत गरिरहेको छ । तत्काल स्थायी मर्मत भने गर्न नसकिने जनाएको छ । ‘आवतजावतका लागि अन्य वैकल्पिक पुल छैन । स्थायी पुल बनाउन लामो समय लाग्ने देखिन्छ,’ पोखरेलले भने, ‘हामीले अहिले कसरी छिटो हुन्छ, तत्काल अस्थायी तरिकाले बनाउने कोशिस गरिरहेका छौं ।’

पुलको पुनर्निर्माण र लागतबारे अध्ययन गर्न शुक्रबार पुल महाशाखाका प्रमुख दीपककुमार भट्टराई, सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्य र पुल्चोक इन्जिनियरिङ क्याम्पसका सिभिल इन्जिनियर प्रमुख भरत मण्डलको टोली आएको थियो । टोलीले अध्ययन प्रतिवेदन बुझाउन एक महिना लाग्ने सडक डिभिजन कार्यालयले बताएको छ ।
 पुल ७ ठाउँमा चर्किएपछि १० टन भन्दा बढी भार बोकेका गाडी आवतजावतमा प्रतिबन्ध लगाइएको हो ।

Author: saru

Leave a Reply

Your email address will not be published. Required fields are marked *