ओली–प्रचण्डलाई भीम रावलको चेतावनी– ‘संयमित नभए पार्टी फुट्न सक्छ’


नेजुएलाको राजनीतिक संकट र त्यसमा अमेरिकी गतिविधिको विषयले नेपाली राजनीतिमा खलबल ल्याएको छ । विशेष गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ‘भेनेजुएला काण्ड’ ले ठूलै हलचल ल्याएको छ ।
अमेरिकाले स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडोको समर्थन गरेपछि भेनेजुएलाको राजनीतिक संकटमा अन्तर्राष्ट्रिय समुदाय विभाजित बनेको छ । यहि बिचमा नेपाली राजनीतिमा त्यसको प्रभाव त्यो बेला तीव्र बन्यो जब नेकपाका दुई अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गरे । अमेरिकी दूतावासले त्यसपछि सरकारको आधिकारिक धारणा माग्यो ।
घटनाक्रम विकसित हुँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुएला काण्डमा प्रचण्ड केही चिप्लिएको बताए । त्यसको प्रतिक्रिया प्रचण्डले पार्टी फुट्न सक्ने सम्भावना जताएर दिए । भेनेजुएला प्रकरणले नेकपाभित्र अहिले खलबलीको अवस्था छ ।
यहि बिचमा नेता भीम रावलले अरु देशबारे टिप्पणी गर्दा पार्टी फुटेका विगतको इतिहास सम्झेर संयमित हुनु पर्ने उल्लेख गरेका छन् । उनले ट्वीट गरेर लेखेका छन्, ‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रुपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अबिलम्ब पूरा गर्नु बुद्धिमानी कार्य ठहरिने छ ।’

आफ्नो भनाईलाई प्रष्ट पार्दै नेता रावलले भने, ‘अहिलेको प्राथमिकता भनेको पार्टीका आन्तरिक विषयलाई मिलाएर एकीकरणको प्रक्रियालाई टुंग्याउनु हो । बाहिरी विषयमा गरिने टिकाटिप्पणी र त्यसले निम्त्याउने विवादले स्वयम् पार्टी तथा सरकारको काम कारवाहीलाई प्रभावित पार्छ ।’

पार्टी एकीकृत बन्ने र जनअपेक्षा पूरा गर्न सक्ने चाहका साथ तत्कालीन पार्टी विभाजन गर्न तयार भएको तयार भएको तर पछिल्ला घटनाक्रमले पार्टीको माथिल्लो तहदेखि तल्लो तहसम्म निराशा उत्पन्न भएको उनले बताए ।

उनले भने, ‘तीन महिनामा पार्टी एकीकरणको प्रक्रिया पूरा गर्ने भनिएकोमा ९ महिना बितिसक्यो अहिलेसम्म पूरा भएको छैन । यसले गर्दा तल्लो तहका लाखौँ कार्यकर्ता काम बिहीन भएका छन् र उनीहरुमा निराशा छ । हामी पार्टी एकीकरणको प्रक्रियालाई पूरा गरेर जनतामुखि काम गर्नमा लाग्नु पर्छ न कि विवादमा ।’ सार्वजनिक विषयमा गरिने टिप्पणी आन्तरिक छलफलपछि मात्रै गरिनु पर्ने उनले बताएका छन् ।

उनले भने, ‘अहिलेको अवस्थामा पार्टी एकीकरणकोका काम तलदेखि माथिसम्म अबिलम्ब सम्पन्न गर्ने काममा सबै लाग्नु पर्छ । मतभेद भएमा त्यसलाई विधि तथा परिक्रियामा राखेर समाधान गर्नु पर्छ । अहिलेको विवादसहितका बारेमा आउँदो बैठकमा  कुरा हुनु पर्छ ।’

Author: saru

Leave a Reply

Your email address will not be published. Required fields are marked *