Mirmee

Promoting rural tourism…

मिर्मी बहुमुखी क्याम्पसको शुभकामना तथा अपील

Read Time:3 Minute, 3 Second

विजया दशमी २०७८ को हार्दिक मङ्गलमय शुभकामना सहित तपाई र तपाईको परिवारको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिका साथै पेशागत, व्यावसायिक एवम् शैक्षिक उन्नयनको कामना गर्दछौं।

यो क्याम्पस 2062सालमा स्थापित स्याङ्जा जिल्लाको सुदूर पश्चिम भेगमा अवस्थित सामुदायिक क्याम्पस हो।हाल स्नातक तहसम्मको (B.Ed,B.B.S) पढाइ हुने यस क्याम्पसको आफ्नो 17रोपनी जमीन छ। निर्माणाधीन अवस्थामा रहेको भवन छ। 251जना विद्यार्थी छन्। नतिजा अब्बल ल्याउंछ। मनोरम वातावरणमा बिहान सत्रमा कक्षा सञ्चालन हुन्छ। भाडाका सवारी साधनले बिध्यार्थीलाई ल्याउछ।सामान्य हिसाबले क्याम्पस राम्रै लाग्छ। तर लामो समयदेखि कार्यरत प्राध्यापक साथीहरुको तलव भुक्तान गर्न बाँकी छ। पुस्तकालय लाई सुविधा सम्पन्न गर्ने काम थाती छ। भवन परिसरमा घेरावार, गेट निर्माण, फुलबारी निर्माण, शौचालय,वाचनालय, सभाकक्ष आदि यावत काम बाँकी छ। मास्टर्स तहको कक्षा सञ्चालन, आफ्नै सवारी साधनद्वारा विधार्थी आवागमन, अतिरिक्त क्रियाकलाप सहितको कक्षा सञ्चालन, अध्यापकहरूलाई थप अध्ययन र अनुसन्धान का लाई रिसर्च सेन्टर निर्माण गर्ने संस्थाको भावी योजना रहेको छ।

यी सवै कार्यलाई कसरी सम्पन्न गर्ने, शैक्षिक उन्नयनको लागि “भूतपूर्व विधार्थी मञ्च”को गठन, कालीगण्डकी गाउँ पालिका भित्रका निजामती तथा शिक्षक, संस्थानमा कार्यरत कर्मचारी आबद्ध “मिर्मी बहुमुखी क्याम्पस कर्मचारी सहयोग समिति” वा “ज्ञानका लागि दान” भन्ने अभियानका साथ महायज्ञ सञ्चालन गर्ने वा यस्ता अन्य के विकल्प हुन सक्छन्? यहाँ हरू सवैले एक पटक दशैंको बिदामा घर आउंदा वा बिदामा बस्दा यस स्टाटस लाई राम्ररी अध्ययन गरेर सल्लाह सुझाव दिई क्याम्पसको उन्नयनको लागि आफ्नो अभिमत राखी दिनु होला। यहाँहरूको यस बर्षको विजया दशमी सुख, शान्ति र समृद्धिको साथ बितोस्; हार्दिक हार्दिक शुभकामना।

रामप्रसाद पाण्डे (क्या.प्रमुख), मिर्मी बहुमुखी क्याम्पस

Mirmee Multiple Campus, Syangja
Mirmee Multiple Campus, Syangja