कालीगण्डकी ‘अध्यक्ष कप’ खेलकुद सम्पन्न

कालीगण्डकी गाउँपालिका स्याङ्गजाको आयोजनामा प्रथम अध्यक्ष कप प्रतियोगितमा वडा नम्बर एकले सबैभन्दा वढि पदक हात पारेको छ। वडा नम्बर एकले छ स्वर्ण एक रजत र तीन कास्य पदक जितेको छ।

वडा नम्बर सात दोश्रो स्थान हाँसिल गरेको छ। जसले दुई स्वर्ण चार रजत र तीन कास्य पदक जितेको छ । यसैगरी वडा नम्बर छ ले एक स्वर्ण दुई रजत र एक कास्य पदक जितेको छ ।

कालीगण्डकी गाउँपालिका वडा नम्बर पाँच बाँस्टारी स्थीत भपेङ खेलमैदानमा तीन दिनसम्म चलेको खेलकुद कार्यक्रममा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, फुटबल प्रतियोगिता, क्रिकेट प्रतियोगिता र एथ्लेटिक्स अन्तर्गतका खेलहरु भएका थिए ।

एक सय मिटरकै महिलाा दौडमा वडा नम्बर सात की संगम न्यौपाने पहिलो, वडा नम्बर एककी मनिसा थापा दोस्रो, वडा नम्बर दुइकी रमा पाण्डे तेस्रो भएकी छन।

एक हजार छ सय मिटरको पुरुष दौडमा वडा नम्बर एक का विमल राना पहिलो, वडा नम्बर छ का पिताम्बर वराल दोस्रो, वडा नम्बर सातका प्रकास भट्टराइ तेस्रो भएका छन।

एक हजार मिटरकोे महिला दौडमा वडा नम्बर एक की मनिसा थापा पहिलो, वडा नम्बर सातकी यसोदा भट्टराइ दोस्रो, वडा नम्बर दुइकी दिलमाया विश्वकर्मा तेस्रो भएकी छन् ।

पुरुष भलिबल तर्फ पहिलो हुने समुहले नगद ३० हजार, सिल्ड, मेडल र प्रमाणपत्र, दोस्रा हुने समुहले नगद २० हजार, मेडल र प्रमाणपत्र र तेस्रो हुने समुहले नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै महिलातर्फको भलिबल प्रतियोगितामा पहिलो हुने समुहले नगद १५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र, दोस्रा हुने समुहले नगद १० हजार, मेडल र प्रमाणपत्र र तेस्रो हुने समुहले नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विभिन्न विधका खेलकुद प्रतियोगितामा गाँउपालिका भरीका पाँच सय ३४ जना खेलाडि सहभागी भएका थिए।

खेलकुद मैदानको पुर्वधार निर्माण सहित प्रतियोगिता सम्पन्न गर्नको लागि गाउँपालिकाले १६ लाख रुपैँया वजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयाे ।http://mirmee.com/wp-content/uploads/2018/12/img_4110.mov

Author: Mirmee Reporter-BN

Leave a Reply

Your email address will not be published. Required fields are marked *