तिम्रो मन त ढुङ्गा को छ

सानै थिए……

बुबा ले खाना बनाउदै गर्दा…

आफै पस्किएर दिनु हुन्थ्यो….

पर..कुना मा बसि रहेकिन मेरि आमा लाई ” आइज ए खानु त पर्ला नि भन्दै ठुलै स्वर मा बोलाउनु हुन्थ्यो…

आमा छुट्टै राखेका भाडा लिएर छेउ तिर चुला बाट अलि पर बस्नु हुन्थ्यो…

म आफ्नो भाग लिएर आमा सगै टासिन पुग्थ्ये. अनि आमा भन्नू हुन्थ्यो…

“अब उता बुबा लाई छुन न जा…खाना खाइ सके पछि जुठो थाल यहि छोडी दे…”

मेरो सानो मस्तिष्क ले केही बुझ्दैन थियो…

साझ सुत्ने बेला…सधै आमा सगै सुत्ने म..

महिना का ४ दिन बुबा सग सुत्न पुग्थ्ये…

साझ तिर…

कम्मर मा पानी घट्ट रगडिए जसरी पेट रगडिन्थ्यो होला र त

कहिले दायाँ त कहिले बायाँ फर्कदै “मरे नि बाबा भन्दै सुस्केरा हाल्थ्येउ..

बुबा सगै सुतेको म….

के भयो आमा भन्दै आउथ्ये….

मन भए त छोरा आज धेरै पेट दुख्या छ..तल गएर तातो पानी तताइ दे न भन्थ्येउ होला…

तर अह ! एक शब्द पनि नबोली …जा गएर सुत. नराम्रो सपना देखेछु भन्दै झुट बोलेउ…तिम्रो मन त ढुङ्गा को छ … 💔

बुबा घर भित्र को काम गर्नु पर्यो भन्दै रिसाइ दिनु हुन्थ्यो..

पेट दुख्यो …भन्दै टमक्क पटुका बाधी तिमी

कहिले बेशि खेत त कहिले पाखा मा सेउला झार्न पुगि हाल्थ्येउ..

मन भए त ….सक्दिन म लेक र बेशी गर्न…महिना का ४ दिन पनि मलाइ सुख छैन भन्दै घर मै सुतेर बस्थ्येउ होला…तर अह ! एक पल पनि ढल्केनौ…

तिम्रो मन त ढुङ्गा को छ … 💔

चर्किएको घाम मा ओठ मुख सुक्दा पनि आफ्नै हात ले गग्रेटो मा गएर पानि सार्न सक्दैन थिएउ…

ए रबिन का बा …खै मलाइ पानी दिनुस त प्यास लाग्यो भन्दा…

छुट्टै राखेको अम्खोरा मा माथी बाट नछोइ पानी हाली दिनु हुन्थ्यो..

मन भए त आफै गाग्रो बाट पानी सारेर पिउथ्येउ…

तर अह , प्यास सहेर बसेउ…

तिम्रो मन त ढुङ्गा को छ…..💔

पकाइ दिए खान्थ्येउ…नत्र भोक्कै

कसैले छुट्याएर दिए खान्थ्येउ …नत्र भोक्कै

अल्छी बुबा ले भक्लक्क उमालेको अमिलो गुन्द्रुक र बिहान को चिसो भात…मीठो मानी खान्थ्येउ…

मन भए त खादिन यो अमिलो…

मलाइ सन्चो हुदैन भन्दै भाग बस्दिन थिएउ होला…

तर अह , त्यही बासी भात लाई मिठो मानी मेलापात धाउथ्येउ…

तिम्रो मन त ढुङ्गा को छ ..

बस ! ढुङ्गा को छ… 💔💔

यी ४ दिन मेरा मुख मा कहिलै मीठो खाना परेनन आमा..

कहिले नुन चर्को तरकारी..

कहिले गिलो भात…

दिन भरी अरु को मेलापात बाट थाकेर आएकी तिमी…

गाह्रो नमानी..चोली खोलेर मलाइ ती चर्किएका दूध मा लाम्टा

चुसाउथ्येउ…

म आज ती धड्किएका धड्कन ले भनेका कथा अनि तिम्रा ब्यथा बुझ्ने भएको छु आमा..

मन भए त छोरा यी कुरा सबै तोडि दे नारी को पीडा बुझ्ने गर भन्नू हुन्थ्यो होला…

तर समाज को डर ले एक शब्द बोलेनौ…

मन भए त बोल्थ्येउ होला..

तिम्रो मन त ढुङ्गा को छ …

💔💔💔

Writer: unknown

Add a Comment

Your email address will not be published. Required fields are marked *