एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरी नेपाल टप

यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप गरेकाी छन ।

छात्रा पुरीले सबै बिषयमा ए प्लस सहित ४.०० जिपीए अंक सहित एसइइ उर्तीण गरेका कारण नेपाल टप गरेको दाबी बिद्यालयले गरेको हो ।

अहिले सम्म ४.०० जिपीए अंक ल्याउने बिद्यार्थी अञ्जली मात्र देखिएकी छन । ‘अञ्जलीले नेपाल टप गरेको हाम्रो दाबी छ’ बिद्यालयका प्रिन्सीपल बसन्तकुमार कर्माचार्यले बताए ।

सानै देखि प्रतिभावान छात्रा अञ्जली छात्रबृत्तिमा अध्ययन गर्दै आएकी थिइन । उनका बुवा देबेन्द्र पुरी बहिरा छन भने आमा तुल्सी पुरी पनि बहिरा संघ बागलुङ्गमा कार्यरत छन । उनले एनसर नेपालको पुुर्ण छात्रबृत्तिमा अध्ययन गर्दै आएकी थिइन । पर्वतकै मोदी गाउँपालिका वडा नं ६ गिज्यानका स्थायी बासिन्दा पुरी परिवार पछिल्लोसमय कुस्मा नगरपालिका वडा नं ७ मा बस्दै आएका छन ।

कालीगण्डकी एकेडेमीबाट परिक्षा दिएका अन्य बिद्यार्थीमा एक जनाले ३.९५ जिपिए र ६ जनाले ३.९० जिपीए, ३.८५ ६ जना, ३.८० जिपीए ३ , ३.७५ २ जना, ३.७० ४ जना, ३.६५ २ जना, ३.६० ५ जना र ३.५ मा २ जना जिपीए सहित उर्तिण भएका छन ।

Categories: Education, News Tags: Tags:

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: