सतर्क रहनुहोस : Pls Share

बिशेषगरि हिंजोदेखि भारत( राजस्थान, लखनउ, उत्तर प्रदेश लगायत ) बाट नेपालतर्फ आएको आंधी ( Dust Strom ) को कारण धुलो मिसिएको हिलेबर्षा तथा माटेबर्षा भइरहेको छ । वायुमण्डलमा धूलो सघन रहंदा यस्तो बर्षामा बिभिन्न हानिकारक पदार्थ, रासायनिक पदार्थ, जीवाणु आदि समेत हुने भएकोले केहि दिन बर्षाको पानी प्रयोग नगर्नुहोला । यस्तो पानी संकलन नगर्नुहोला । यो पानीको सेवन गरेमा झाडाबान्ता, टाइफाइड, जन्डिसजन्य समस्या, छालाको एलर्जी, आँखाको एलर्जी तथा अन्य महामारी फैलिने सम्भावना हुन्छ ।

कथंकदाचित हिंजोको पानी ट्यांकीको पानीमा मिसिएको छ भने उक्त पानी निकालेर ट्यांकी सफा गर्नुहोला वा पानीमा क्लोरिन चक्की, पियुष आदि राखेर, उक्त पानीलाई फिल्टर गरेर एबम १५ मिनेट उमालेर मात्र प्रयोग गर्नुहोला ।

सकभर यस्तो पानीमा नभिज्नुहोला । पानी नपर्ने समयमा पनि उक्त मसिनो धुलोबाट बच्न राम्रो गुणस्तरको मास्क लगाउने, आँखा पुरै छोपिने चस्मा तथा शरीर पुरै छोपिने खालका कपडाको प्रयोग गर्नुहोला । बालबालिका, बृद्धबृद्धा, बिरामी तथा श्वासप्रश्वासका बिरामीलाई बिशेष ख्याल गर्नुहोला।

जनचेतनाको लागि डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ

Author: Mirmee Reporter-BN

Leave a Reply

Your email address will not be published. Required fields are marked *