आर्थिक वर्ष २०७५/०७६ बजेट विशेष

No Comments

✓सरकारले मंगलबार आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

✓ बजेटमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत र पूँजीगत तर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत वजेट विनियोजन गरिएको छ ।

✓ त्यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

✓बजेटका लागि राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपैयाँ संकलन गर्ने बजेटले लक्ष्य लिएको छ । त्यस्तै वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ उठाइने अर्थमन्त्रीले बजेटमा उल्लेख गरेका छन् ।

✓त्यसैगरि वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख रुपैयाँ र आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब रुपैयाँ उठाइने बताइएको छ ।

✓स्वास्थ्य क्षेत्रमा 56 अर्ब 41 करोड 97 लाख विनयोजन गरिएको छ ।

✓शिक्षा विज्ञान प्रविधि क्षेत्रमा १ खर्ब ३४ अर्ब रूपैयाँ विनियोजन।

✓सबै स्थानीय तहमा अनिवार्य कम्तीमा एक चिकित्सकको सेवा

✓दुर्गम क्षेत्रमा आपतकालीन सुत्केरीको उद्दारका लागि एयर एम्बुलेन्स व्यवस्था

✓विश्वविद्यालय अनुदानमा १४ अर्ब विनियोजन

✓महिला बालबालिका क्षेत्रमा १ अर्ब ८८ करोड १२ लाख बजेट छुट्टाइयाे

✓सामाजिक सुरक्षामा दोहोरो सुविधा नपाउने व्यवस्था गरिने

✓गाडी र मोटरसाइकलमा कर बढ्यो

✓सातैवटा प्रदेशमा नमुना कृषि फार्म

✓साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा हुने

✓कृषि पशुपालन बीमाको ७५ प्रतिशत प्रिमियम सरकारले तिर्ने घाेषणा

✓२ वर्षभित्र सबै जग्गाधनी पूर्जा विद्युतीय बनाइने

✓२६ जिल्लाकाे गरिब परिवारलाई आगामी वर्षभित्र परिचयपत्र बाँड्ने

✓वन तथा वातावरण क्षेत्रमा १६ अर्बकाे बजेट छुट्याइयाे

✓निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र र प्रत्येक स्थानीय तहमा उद्योग ग्राम स्थापना गरिने

✓उद्याेगीलार्इ उद्योग दर्ता गर्न सरल बनाइने

✓निर्यात पाेत्साहित गर्न औद्योगिक उत्पादनमा ५ प्रतिशतसम्म निर्यात अनुदान दिइने

✓सरकारले २०७५ सालदेखि २०८५ को दश वर्षलाई ऊर्जा दशक घोषणा गर्दै ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।

Categories: Mirmee News

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: