दशैंको बिदामा घर जानु बेग्लै मज्जा आउँथ्यो

दशैंको बिदामा घर जानु बेग्लै मज्जा आउँथ्यो । एक त सधैंं भरीको पढाइ अनि शहरको धुलो, धुँवा बाट छुटकारा मिलि आफ्नै घरको मिठो मसिनो खान पाउँदा मज्जै बेग्लै अर्को गाउँघर तिर विभिन्न खाले खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना हुने । जसले गर्दा दशैै तिहारको बिदा अलि रोचक हुने  गर्दथ्यो । यस्तै विभिन्न कार्यक्रमहरुमध्ये एक थियो ः खुल्ला क्रिकेट प्रतियोगिता जुन हरेका वर्ष मिर्मीस्थित बारीचौरको एक स्थानीय क्लबले आयोजना गर्दथ्यो । उक्त प्रतियोगिता खेल्नकै लागि टाढा टाढा बाट विभिन्न क्रिकेट टिमहरु आउने गर्दथे । खेल्नेलाई खेलको मजा अनि क्रिकेट प्रेमीहरुको लागि खेल हेर्नुको आनन्द । खेलको बिचबिचमा हुने विभिन्न सांस्कृतिक प्रस्तुतीले प्रतियोगिताको रौनक नै अर्कै बनाइदिन्थ्यो ।

यहाँ हामीले एउटा पुरानो भिडियो क्लिप राखेका छौं, यो मिर्मी र बारीचौर बीच भएको खेलको  सानो अंश खेल हुदैँ गर्दाको हो ।

Best cricket match ever played in Nepal.

Author: Mirmee Reporter

Leave a Reply

Your email address will not be published. Required fields are marked *