Choose Language

Mirmee News

कालीगण्डकी गाउँपालिकाः एक परिचय

कालीगण्डकी गाउँपालिकाः एक परिचय

हाम्रो देशको संघीयताको ढाचाँमा तीनवटा तह छन् ः केन्द (संघ), प्रदेश र स्थानीय तह । । यी तीनवटै तहमा जनताले चुनेको जनप्रतिनिधि सरकार बन्नेछ । देश संघियतामा गइसकेपछ केन्द« (संघ), प्रदेश र स्थानीय तह गरि तिन तहको निर्माण भएको छ ।  स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरि स्थानीय तहको विकास निर्माण तथा अन्य समृद्धिको लागि यसको उपयोग गर्ने हेतुले नयाँ संविधानले धेरै अधिकारहरु स्थानीय तहमा प्रत्यायोजित गरेको छ । स्थानीय सरकारले संविधानले दिएका अधिकार प्रयोग गर्दै शासन र प्रशासन, विकास र योजनाको निर्णय स्थानीय तहमै गर्नेछ । विकासका लागि चाहिने राजस्व र अन्य साधन स्रोत जटुाउनेछ । संविधानले तोकेकैे विषय र क्षेत्रमा स्थानीय तहमै कानुन बनाउन र न्याय सम्पादन समेत स्थानीय तहमै गर्न सक्नेछ । यसरी स्थानीय सरकार स्वशासनको लोकतान्त्रिक अभ्यास गर्ने जनताको सबैभन्दा नजिकको सरकार हो ।

स्याङ्जा जिल्लाको पश्चिमी क्षेत्रमा रहेको कालीगण्डकी गाउँपालिका भौगोलिक हिसाबले मिलेको गाउँपालिका मध्येको एक हो । कालीगण्डकी गाउँपालिका ७३.५१ वर्ग कि.मी.मा फैलिएको छ । हाल यस गाउँपालिकाको जनसंख्या २१,७२८ रहेको छ । पूवर्मा जगत्रदेवी मन्दिर, उत्तरमा आंधिखोला र काली नदी , उत्तरपूर्वमा गल्याङ्ग नगरपालिका, पश्चिममा कालीगण्डकी, रिडी र गुल्मी क्षेत्र, दक्षिणमा कालीगण्डकी, तानसेन नगरपालिका र बगनासकाली गाउँपालिका सँग यसको सिमाना जोडिएको छ ।

स्याङजा जिल्लाको सुदुर पश्चिम भेगका साविकका कृष्णगण्डकी, बिर्घा अर्चले, आलमदेवी र चण्डीभञ्ज्याङ्ग ४ गाविसलाई मिलाएर सातवटा वडामा विभाजन गरि कालीगण्डकी गाउँपालिका बनेको छ । देशकै हालसम्मको ठूलो जलविद्युत परियोजना कालीगण्डकी ए, शाह ठकुरीको कुलदेवता आलमदेवी, मिर्मीको बजार क्षेत्र, बिर्घाको फाँट, लसर्घा बेसी,  कोटाकोट र चण्डीभञ्ज्याङ्गका केही वस्तीहरुलाई कालीगण्डकीले घेरेर रहेको यस गाउँपालिकालाई नेपालकै नमुना गाउँपालिका बनाउन सकिन्छ । ब्राह्मण, क्षेत्री, मगर, नेवार, कामी, दमाई, सार्की लगायत अन्य धेरै जातजाति, परम्परा, भाषा, धर्म, सभ्यता र संस्कृतिको संगमस्थल रहेको यस गाउँपालिकाको स्रोत, साधन हाम्रा वैभव र सम्पति हुन् । शाहवंशकै कुलदेवता रहेकाले यसको ऐतिहासिक एवम् पौराणिक महत्व छ ।

यस क्षेत्रका प्रमुख पर्यटकिय केन्द्रहरुमा कालीगण्डकी जलविद्युत परियोजनाको बाधँ र यसले बनाएको सुन्दर जलाशय, बेल्टारीमा रहेको विद्युत गृह, मिर्मीदेखि सेतीवेणी सम्मको जलयातायत, प्रसिद्ध धार्मिक स्थल आलमदेवी मन्दिर आदी रहेका छन् । कालीगण्डकी गाउँपालिकामा रहेका विभिन्न प्रविधिमैत्री शैक्षिक संस्थाहरुको अवलोकल भ्रमणका लागि पनि देशका विभिन्न स्थानहरुबाट कैयौं शैक्षिक पर्यटकहरु समेत आउने गरेका छन् ।

सुन्दरताको धनी, प्राकृतिक स्रोत र साधनले सम्पन्न यस कालीगण्डकी गाउँपालिकालाई सही मार्गनिर्देशन गर्न सकेमा छोटो समयमा नै एक समृद्ध र नमूना गाउँपालिका बन्न सक्छ र समृद्ध नेपालको परिकल्पनालाई सार्थक तुल्याउन सक्छ ।

Madhav Neupane

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: