ब्रेकिङ : सनम हत्या र सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ

काठमाडौं, ८ जेठ । ३८ किलो तस्करीको सुन र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई छानविन विशेष समितिले मंगलबार गृह मन्त्रालयमा सार्वजनिक गरेको छ ।

छानविन समितिका संयोजक इश्वरराज पौडेलका अनुसार मंगलबार विहान ५ः३४ मा गोरेलाई काठमाडौं–८ गौरीघाटबाट पक्राउ गरिएको हो ।

मोरङ उर्लाबारी–४ का गोरे फरार अभियुक्त रहेका कारण मंगलबारै चाँडो भन्दा चाँडो मोरङ जिल्ला अदालतमा पुराइने पौडेलले बताए । तीन दिनदेखि कार्यालय बाहिर रहेर अनुसन्धान र सोधपुछ गरी पक्राउ गरिएको उनले बताए ।

मुद्दाका विषयमा थुनछेक बहस जारी रहेका बेला मुख्य अभियुक्त नै पक्राउ गरेपछि तस्करीको नालीबेली पत्ता लाग्ने छानविन समितिको ठहर छ । गोरे पक्राउ गरिए पनि सुन तस्करीमा साथ दिने प्रहरी अधिकारी श्याम खत्रीलगायत अन्य फरार छन् ।

गोरे पक्राउ गरिए पनि मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालसहित अन्य फरार छन् । यस्तै लगानीकर्ता भनिएका गोरेकी पत्नी नवर्दा खरेल निरू र प्रेमिका रक्षा भण्डारी पनि फरार रहेका छन् ।

छानबिन टोलीले सबै अभियुक्तको खोजी भइरहेको जनाएको छ । जेठ मसान्तसम्म समय रहेका कारण यस अवधिमा धेरैलाई पक्राउ गरी मोरङ अदालतमा जिम्मा लगाइने समितिका अधिकारीले जनाएका छन्

Author: Mirmee Reporter

1 thought on “ब्रेकिङ : सनम हत्या र सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *