युवा सामाजिक अभियन्ता देश बिकाशमा युवाको भूमिका

No Comments

राजेश पाण्डेय

युवालाई समाजको मेरुदन्ड तथा बलियो खम्बाको रुपमा पनि मानिन्छ । अर्को शब्दमा भन्नुपर्दा युवा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपाण्तरण का संबाहक पनि हुन । नेपाल सरकारले युवा नितिको सुचिमा १६ बर्ष देखी ४० बर्ष उमेर समुह सम्मका मानिसहरुलाई युवा मानेको छ । यो उमेर शारिरिक तथा मानसिक रुपमा स्वास्थ्य र परिपक्क साथै उर्जाशिल, सहासि र उच्च आत्माबलले भरिएको उमेर पनि हो ।

जुनसुकै देशको बिकास प्रकृया र सम्बृद्धिमा युवाशक्तिको महत्वपूर्ण भूमिका रहन्छ । यो बिषय बाट नेपाल पनि टाढा रहेर बस्न सक्दैन ! देशमा रहेको बिकृती र बिसंगतीलाई समयको गतिसंगै पर धकेलेर नयाँ मुल्य र मान्यतालाई स्थापित गर्दै समाज रुपाण्तरणको महत्वपूर्ण भूमिका युवा शाक्तिले खेल्दछ । समाजमा

बर्तमानले भबिश्यलाई डोर्‍याउछ । यसकारण युवा बर्तमान र भबिश्य दुबैका आधार हुन । युवाशक्तिको सर्वाङ्गिण पक्षको बिकाशमा राज्यले उचित ध्यान पुर्‍याइ उनिहरुको क्षमताको आधारमा आवश्यक निती निर्माण गरी समग्र देश बिकाशमा लगाउन सकियो भने युवाशक्तिले अनुकरणिय दृष्टान्त प्रस्तुत गर्न सक्दछन ।

नेपालको सन्दर्भमा हेर्नेहो भने हामी इतिहासको एक यस्तो महत्वपूर्ण अवस्थामा उभिएका छौं । जुन मोडमा समस्या, चुनैति र अवसरहरु एकै साथ थुप्रिएका छन् । हाम्रा अगाडि प्रशस्त मात्रामा सामना गर्नुपर्ने चुनौतिहरु ठडिएको छ । जति बढी चुनौतिपूर्ण अवस्था हुन्छ हामीले गर्ने योगदानको महत्व त्यति नै बढी हुन्छ । तसर्थ देशका युवाशक्तिले अाइपर्ने चुनौती सँग डटेर सामाना गर्दै प्राप्त अवसरहरुलाई उपयोग गर्न सक्नुपर्दछ ।

तर बिडम्बना नेपालको बर्तमान अवस्थामा त्यस्तो भैरहेको छैन । दैनिक हजारौ नेपाली युवाहरु हातमा हरियो पासापोर्ट बोकेर श्रम गर्नकै लागि बिदेश पलायन हुन्छन । युवाको मस्तिस्कले बिदेशिनु बाहेकको अर्को बिकल्प र कुनै सिर्जनशिलता देख्दैनन । जबसम्म देश र समाज बिकासको मुलधारमा रहेर अग्रणी भूमिका खेल्नुपर्ने युवाशक्तिको अन्योलता रहिरहन्छ तबसम्म समाज र देश बिकाशमा आमुल परिवर्तन भैहाल्छ भनेर मान्न्न सकिदैन ।

यसो भन्दैमा पोखरिको छेउमा बसेर पोखरी भित्रको फोहोरलाई छ्या भनेर बसेर मात्र हुन्छ ? पोखरी भित्र पसेर शुद्धिकरण गर्ने दयित्व बोध पनि हामी युवाले गर्नुपर्दछ । भन्नुको अर्थ राज्य र निती निर्माण लाई दोश लगायर जिम्मेवारि बाट पछी हट्न भने मिल्दैन । एक्काईसौ शताब्दिका हामी युवा राज्यले नदिएका अधिकारहरु खोज्दै ,नमिलेका निती नियम बनाउदै समाजमा बिधमान कुरिती, बिकृति र बिसंगती लाई चिर्दै नयाँ सिर्जनसिलता र उधमाशिलतामा अगाडि बढ्नु पर्दछ ।

Categories: Mirmee News

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: