साच्चै नारी भएर जिउन कति कठिन छ है

No Comments

नारी भएर जिउन कति कठिन छ है

नपढेकालाई अनपढ
पढेकालाई भुइमा खुट्टै छैन भन्छन्

सबै सँग बोल्नेलाई उत्ताउली
नबोलेरै बस्नेलाई घमण्डी भन्छन्

चाँडै बिहे गर्नेलाई जबानी चढेकी
बिहे गर्दिन भन्नेहरूको चरित्र माथी औला उठाउछन्

घरमै बस्नेलाई लोसे
कमाउन हिड्यो भने पखेटा निस्केछ भन्छन्

खुलेर जिउनेलाई बिग्रेकी र
मौन बस्नेलाई पाखे भन्छन्

साच्चै नारी भएर जिउन कति कठिन छ है

– समिक्षा घिमिर

मन पर्यो भनि सेयर गरेर लोखिकाको हौसलालाई अझै बुलन्द पारि दिनुहोला।

With regards,

Team mirmee…

Categories: Mirmee News

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: