Choose Language

Blog Mirmee News News

कविता- दिपक भट्टराई

तिम्रो गाऊँमा जब बच्चा हुन्छ

त्यो के छोरा हुन्छ के छोरी हुन्छ

तर मेरो गाऊँमा त्यो के कांग्रेस हुन्छ के एमाले हुन्छ।

एमालेले एमाले कोरल्छ

कांग्रेसले कांग्रेस ।

मेरोमा हर दिन चुनावी हुन्छ

तिम्रोमा त समाजले जित्छ होला

मेरो मा के कांग्रेसले जित्छ एमाले हार्छ,

के एमालेले जित्छ कांग्रेस हार्छ।

मेरो गाऊँमा महिला-पुरुष, व्यापारी, कर्मचारी

कोही पाईदैनन।

मास्टर, हेडमास्टर कोही पाईदैनन्

कांग्रस एमाले मात्रै पाइंछन्।

क्षितिज बाट आउदै गरेको आकृतिमा,

बाँस माग्न आएको बटूवामा

हामी कांग्रेस एमाले खोज्छौं।

पार्टी हाम्रो जुट्ने फ़ुट्ने आधार हो,

हाम्रो कुलायन हो,

आफ्नो पार्टीको भए अंकमाल न्यानो हुन्छ

ग़ैरपार्टी भए चिसो हुन्छ।

तिमी मृत्युमा कात्रो ओडाउछौ

हामी झन्डा ओडाउछौं।

आधुनिकताको व्यथा के सुनाऊँ साथी,

तिमी बोक्क्रा फाल्छौ , गुदी खान्छौ

हामी गुदी फाल्छौं, बोक्क्रा खान्छौं।।।

Written by: Deepak Bhattarai

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: