Choose Language

Blog Mirmee News News

सिंहदरबारमा अब सोलार बत्ती

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबारदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बाल्न थालिएको छ ।

चीनको सहयोगमा बनेको एक मेगावाट क्षमताको सोलार प्लान्टको सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्त रूपमा उद्घाटन गरे ।

सोलार ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थ, ऊर्जा, संघीय मामिला मन्त्रालयसहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सोलार प्यानल जडान गरिएको छ । दुई वर्षदेखि प्यानल जडान गर्न थालिएको हो ।

करिब ६० करोड रुपैयाँ लागतमा निर्मित चाइना एड फोटोभोल्टिक परियोजनाको सोलार ऊर्जा विद्युत् प्राधिकरणको ग्रिडमा जोडिनेछ ।

प्रधानमन्त्री ओलीले सौर्य ऊर्जा प्रणाली मुलुकको आर्थिक विकाससँग जोडिएको महत्त्वपूर्ण परियोजना भएको बताए । उनले यस्ता आयोजना विस्तार गर्न सके मुलुकको समृद्धिको यात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चिनियाँ राजदूत युले विकास र समृद्धिका लागि दुई देशबीच लामो समयदेखि सहकार्य रहँदै आएको र त्यसको पछिल्लो उदाहरण सौर्य ऊर्जा प्रणालीको विकास परियोजना महत्त्वपूर्ण भएको उल्लेख गरे ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: