Choose Language

Blog Mirmee News News

दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

पाल्पा, २७ चैत । रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् । कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा हुँगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए । साथीहरु नदीमा पौडी खेल्ने क्रममा हराएको जानकारी दिइएपछि मात्र बेपत्ता भएको घटना बाहिर आएको हो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: