चैत २३ को परीक्षा स्थगित, अब खुला र आन्तरिकको एकैपटक विज्ञापन हुने

No Comments

काठमाडौं । चैत २३ को परीक्षा स्थगित भएको छ । खुला र आन्तरिक विज्ञापन एकैपटक गर्ने गरी चैत २३ को परीक्षा स्थगित गर्ने निर्णय भएको हो ।

शिक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्ण गर्दै शुक्रवार परीक्षा सार्ने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ । दिउँसो यसवारे शिक्षक सेवा आयोगलाई जानकारी गराउने र आयोगले साझँ परीक्षा स्थगित भएको घोषणा गर्ने जनाइउको छ ।

स्रोतका अनुसार आयोगले परीक्षा स्थगित गरेर आजै खुला र आन्तरिकको विज्ञापन एकैपटक खोल्ने निर्णय गर्ने तयारी छ । तर, त्यसो नभएपनि आजै परीक्षा सथगित भएको सूचना जारी हुने छ ।

शिक्षा मन्त्रालयले खुला, आन्तरिक तर्फको विज्ञापन एकै दिन गर्ने, परीक्षा उकै दिन सञ्चालन गर्ने र नतिजा पनि एकै दिन निकाल्ने गरी चैत २३ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । परीक्षा स्थगित गर्न भन्दै शिक्षक विद्यार्थी अनशन बस्दै आएका थिए । उता, विद्यार्थी संगठनहरुले सडक आन्दोलन र पुनरुत्थानवादी समुहका अस्थायी शिक्षकहरुले कानूनी लडाइ लड्दै आएका थिए ।

सवैको माग परीक्षा सार्ने भएकाले अव सवै आन्दोलन स्थगित हुने बुझिएको छ ।

Categories: Mirmee News

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: