भाई साहब तपाइले कुनै बाँदरलाई यता तिर आउँदै गरेको देख्नु भयो?

एउटा रुखमा बाँदर र बाँदर्नी बसिरहेका थिए।

केही परको खुला चौरमा सिंह घाम तापेर सुतिरहेको थियो।

बाँदर्नीले बाँदरलाई उक्साउँदै भनिन- यदि तिमी पक्कै बहादुर छौ भने ल त सिंहको पुच्छर निमोठेर देखाउ।

बाँदरको लागि प्रतिष्ठाको प्रश्न थियो। उसले गएर डराइ-डराइ सुस्तरी सिंहको पुच्छर निमुठ्यो र न्वारनदेखिको बल लगाएर भाग्यो।

सिंहको निन्द्रो टुट्यो। सिंह जुरूक्क उठ्यो र बाँदरको पछि-पछि दौडन थाल्यो। अगाडि-अगाडि बाँदर पछि-पछि सिंह।

बाँदर दौडदै नजिकको गाउँमा पस्यो र एकजना हजामको पसलमा लुक्यो। त्यो बेला पसलमा हजाम थिएन।

बाँदर पसलमा हजामतको लागि राखिएको कुर्चीमा आरामले बस्यो। जब उसले बाहिर नियाल्यो टाढाँबाट सिंह त्यतै आउदै गरेको देख्यो।

बाँदरले हतारिदै नजिक राखिएको पत्रिका उठायो र आफ्नो अनुहार पत्रिकाले ढाकेर पढेको झैं बाहना गर्न थाल्यो।

केही बेरमा सिंहले नजिक आएर सोध्यो – भाई साहब तपाइले कुनै बाँदरलाई यता तिर आउँदै गरेको देख्नु भयो?

पत्रिकाको पछिल्तिरबाट बाँदरले भन्यो- कुन बाँदरको बारेमा सोध्नु भएको? के त्यही बाँदर त हैन जसले सिंहको पुच्छर निमोठि दिएको थियो?

यो सुनेर सिंह लाजले पानी-पानी भयो र उल्टो पाउ लुक्दै जंगल तिर फर्कियो।

जंगलमा पुगेर सिंहले मिडियावालालाई सरापी रहेको थियो।

सिंह भन्दै थियो- साला मिडियावालाहरू, घटना घट्न के पाएको हुन्छ, तुरून्तै अखवारमा छापी दिइ हाल्नु पर्छ? एक छिन पर्खदा के हुन्थ्यो?

Author: Mirmee Reporter-BN

Leave a Reply

Your email address will not be published. Required fields are marked *