चैत ३ देखी १३ सम्म श्री रामकथा ज्ञान विज्ञान महायज्ञ

कालिगण्डकी उत्तरवाहिनी क्षेत्र पाल्पाको असेर्दी र स्याङ्जा जिल्लाको मालुङ्गामा प्राकृतिक चिकित्शालय र आधुनिक गुरुकुल निर्माण गरिने भएको छ । प्राकृतिक अस्पताल र आधुनिक गुरुकुल निर्माण गर्ने उद्देश्यले उत्तरबाहिनी क्षेत्रमा आज (चैत ३ देखी १३ सम्म) श्री रामकथा ज्ञान विज्ञान महायज्ञ सुरु हुन लागेको हो ।

कुल ३ अर्ब ९५ करोडको परियोजनाका लागि कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले अभियान थालनि गरेको हो । कालीकगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले कालीगण्डकी कालिगण्डकीको पर्यटन प्रवद्र्धन गर्न, हिन्दू धर्मको संरक्षण, कालीगण्डकी नदी, शालिग्रामको महिमा बढाउन, ऊँकार चक्रशिला संरक्षण, योगध्यान निर्माण, आध्यात्मिक केन्द्र निर्माण गर्न महायज्ञ निर्माण गर्न लागिएको आयोजकले जनाएको छ । महायज्ञका सहसंयोजक पदम अर्यालले ३ अर्ब ९५ करोडको गुरुयोजना सहित महायज्ञ गर्न लागिएको बताए । उनी भन्छन्, ‘गत वर्ष गीता कथावाचन सहित महायज्ञ गरेर ट्रस्ट निर्माण गरेका छौं । अब बृहत्तर विकासका लागि कार्यक्रम गर्न लागेका छौं ।’

विज्ञानलाई ज्ञानका माध्यमबाट कथा प्रवचन गरेर विश्वमा नाम कमाएका चैतन्य कृष्णले महायज्ञ आतङ्क भएको बताएका छन् । उनले स्वार्थबाट अभिप्ररित भएर महायज्ञ लगाउँदा दान गर्नेहरुमा आतङ्क छाएको बताएका हुन् । ‘दान भन्ने कुरा मागेर पाईने होईन । सेवाको भावनाले प्ररित दानमात्र वास्तविक दान हो । महायज्ञ धेरै भएका छन् । हामी कसैसँग केही नमागेर यज्ञ गर्दैछौं,’–चैतन्यले भने ।

निमन्त्रणा:

🌹🌹सम्पूर्ण मा हार्दिक निमन्त्रणा 🌹🌹

अन्य क्षेत्र बार बार – उत्तर गण्डकी एकबार !!!

बृहद् धार्मिक पर्यटकीय स्थल निर्माणार्थ महाअभियानमा छौ !

यो निमंत्रणा शेयर गरेर हजारौ भक्तजन समक्ष पुर्‍याऔँ ।

स्याङ्जा र पाल्पाको संगम स्थल कालीगण्डकीतट उत्तरवाहिनी क्षेत्र महालिङ्ग धाम मालुङ्गा/ हुँगीमा यही चैत्र ३ देखि ११ गते सम्म योगध्यान प्रशिक्षण केन्द्र, प्राकृतिक शिक्षण अस्पताल, आधुनिक गुरुकुलसहितको वृहत्तर पर्यटकीय धार्मिक तीर्थस्थल निर्माणार्थ #विशाल_महायज्ञ आयोजना गरिएको हुँदा यहाँहरूको उपस्थितिका लागि सादर निमंत्रणा गर्दछौँ ।

आयोजक : श्रीकालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान

Author: Mirmee Reporter-BN

Leave a Reply

Your email address will not be published. Required fields are marked *