कुन मन्दिरमा जान्छौ यात्री, सामाग्री के पुजा गर्छौ

आज हरेक टोल टोलमा धेरै मठमन्दिरहरु निर्माण भएका छन् या भनौ केहि अझै बन्दै छन्। देख्दैे छु अचेल मन्दिरमा आउने पुरुष भक्तजनहरुको सङख्या पनि बढ्दो छ।हरेकपल्ट मन्दिर जान्छु, पुरुष भक्तालुहरू देख्दा एउटा प्श्न सोघ्न मन लाग्छ, सबै उमेरका पुरुषहरुसँग चाहे म भन्दा कान्छा हुन् या जेठा या मेरा बुवा अथवा डाँडाका झुल्के घाम समान उमेर भएका पुरूससँग। सर्वशक्तिमान पर्मात्माले मलाई मन्दिर घाउने पुरुषहरुलाई तलका प्श्न सोध्धा ऊत्ताली भन्ने ट्याग लगाउनु हुनेछैेन या सामना गर्न सक्ने अथाह शक्ति पर्दान गर्नु हुनेछ भन्ने विश्वासका साथ सोध्धै छु। म मैले बाबा भनेर पुरूषपात्रलाई सम्बोघन गर्दै छु।

बाबा के तपाईकि धर्मपत्निलाइ खुसीराखी मन्दिर आउने जाने गर्नु भाको छ? आघा उमेर दल्केर म जस्ति युवतिले बाबा भनेर सम्बोधन गर्ने हुँदासम्म कतै घरका सि्रमतिलाइ निर्जिव मुर्तिलाई जति सम्मान दिनु भयो कि नाइ? कतै बैसमा तपाईको कमजोरिले आमाले छोरीमात्र पाइन भनेर सौता हाल्नु भयो कि?आमाका सपनाहरुलाई पुरुषस्त्वको घमन्डले छिनाल्दिनु भयो कि? बाबा एकछिन नअतालिनु न अझै केहि सोधन् चाहान्छु के, बरु आँशु पुछ्नु बाबा।

बाबा सहउमेरका घरकि छोरी र बुहारीलाई फरकफरक बेव्हार त गर्नुहुन्न कतै? आफ्नो जन्मघर सदाका लागि छोडेर तपाइको घर सजाउन आएकि बुहारीलाई तपाईले ईच्छा गरे जति दाइजो ल्याउन नसकेकाले नरोइ एक छाक खान नदिनु भएको त छैन कतै? बाबा आफ्नी बुहारीले नातिनी जन्माउदा फलानाकी बुहारी कति लछ्छिनकि छोरो जन्माइ भनेर अमानविय व्यवहार गर्नु भएको थियो कि?

बाबा आफ्नो छोरोसँग भागेर आएकी तल्लो जातकि केटि या मानौ माथिल्लो जातकि केटीलाई कतै तपाईको कुल बिगार्दि भनेर उसको साँचो मायाप्रेमप्रतिको समर्पणको सजाय स्वरुप छोरा र बुहारीलाई घर निकाला त गर्नु भएन, समाजमा बिधमान अन्धबिश्वासको लहलहैमा लागेर बाबा? बाबा सबै मान्छेको जात एउटै हो, धर्म एउटै हो मानवता बाँकि सब जातभात, धर्म, उँचो गोत्र निचो गोत्र भनेको मानवताको व्यापार गरेर जिविकोपार्जन गर्न बनाइएको भाँडो हो। बाबा ति छोरा बुहारीबाट जन्मेका नाबालक नातिनातिनालाइ पनि कतै हजुरबुबाको स्नेहबाट बन्चित त गर्नु भाकोछैन बाबा?

बाबा, किन यति धेरै रुनु भयो? हजुरलाई रुवाउन मैले यि प्रश्नहरु सोधकि हैन। बस् मानविय संवेदना र भावनालाई पुजा गर्नुस् बाबा यो निर्जिब ढुंङागामा न प्राण छ न माया प्रेमको भावना छ। हरेक मानवको हृदयभित्र नै छन् ईश्वर बाबा तपाईको पुरुषार्थको दम्भले निभेका मानवताको धर्मको सुगन्धित ज्योति फेरी सल्काएर हेर्नु बाबा, ईश्वर आफ्नै हृदयमा हाँसेको पाउनु हुनेछ बाबा।

बाबा मन्दिर दर्सन गरेर सकिए लगत्तै विधालय जानु हुन्छ पढाउन? बाबा मेरा भाइबहिनीलाई आजै बुजाइदिनु है बाबा मानवता नै सबैभन्दा ठूलो धर्म हो भनेर। हजुर त पेशाले शिक्षक हुनुहुदो रहेछ बाबा, हजुरको कुरा बिद्यार्थीले पनि सुन्ने छन् अनि समाजले पनि। सायद म त सामान्य केटी मान्छे भएर होला खासै सुन्ननि समय दिएनन् कसैले, त्यसैले मन्दिर बाहिर कुरेर बसेको म, कसैले सुनिदेला भनेर। हजुरले आफ्नो बहुमुल्य समय मेरोलागि समर्पित गरिदिनु भएकोमा धेरैधेरै धन्यवाद बाबा।

जय मानवता, फेरी फेरी भेटौँला बाबा।

Story concept made by: Dr. Javlonsky Metallica Bhattarai. Feminist leader cum social activist,

 

Wishing all the ladies around the world… Happie international women Day…Embrace feminism and celebrate it each day…

Author: Mirmee Reporter-BN

Leave a Reply

Your email address will not be published. Required fields are marked *