दाइजो प्रथा :

No Comments

हाम्रो समाजमा पुरुषलाई उत्तराधिकारीको रुपमा बाबुआमाले आर्जेको चल अचल सम्पत्ति दिइन्छ भने नारीलाई पनि केहि राहत तथा सहयोग पुगोस भनी उनको बिहे गर्दा सम्पत्ति दिने चलन छ । यसरी माइती पक्षले बिहा गरी अरुको घरमा जाने चेलीलाई आर्थिक वा भौतिक रुपले दिइने उपहारलाई नै दाइजो भनिन्छ । सामथ्र्य हुनेले आफ्नो हैसियत अनुसारको दाइजो दिइन्छ भने आजकल विभिन्न धनी, पूँजीपति , फेसन तथा छिमेकीको प्रभाव इत्यादि कारणले दाइजो कन्या पक्षको लागि घाँडो भएको छ भने वर पक्षका धनसम्पत्ति बटुल्ने अवसर । दाइजो को रुपमा विवाह अघि नै मोलमोलाइ हुने कैयन व्यक्तिहरु कानुनको फन्दामा पर्न सकेका छैनन् । ऋण काढेर भएपनि दाइजो दिनुपर्ने समस्याले आर्थिक स्थिती कमजोर हुनेको लागि मात्र नभई शिक्षीत समाजको समेत कलकं बनेको छ । विशेष गरि नेपालको तराई तथा काठमाण्डौं लगायतका शहरी क्षेत्रमा दाइजोले नारी पुरुषको पारिवारिक सम्बन्धलाई चिसो बनाएको छ । दाइजोकै कारण तराईमा चेलीहरुले अनाहकमा मर्नु परेको छ । महिला हिंसा, मानसिक दबाब , सामाजिक आक्षेप, घरपरिवारबाटै अस्विकार गर्ने परम्पराले युरोपेली मुलुकमा पशु अधिकारको कुरा उठिराख्दा आधा आकाश ओगटेका महिलामाथि अमानवीय र क्रुर व्यवहार प्रस्तुत भइराख्दा व्यक्ति , परिवार, समाज, गाँउ र शहरको इज्जतमा दाग लागिरहेको छ । यसैले यस्ता अमानवीय क्रुर हिंसात्मक कुप्रथा माथि बन्देज गरि दोषीलाई कानुनी कारबाही र सामाजिक बहिष्कार गर्ने बेला भएको छ ।

 

Categories: Mirmee News

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: