जनताले चाहे म यो देशको नेतृत्व लिन तयार छु:  पूर्वराजा ज्ञानेन्द्र शाह

भाइटीका ग्रहणपछि  पूर्वराजा ज्ञानेन्द्र शाहले एउटा जिम्मेवार नागरिकको हैसियतले आफूलाई मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै उनले आफूले नेतृत्व लिने समय आएको दाबी गरे ।

आफ्नो यो भनाइ पछि फेरि पूर्वराजा सक्रिय हुन खोज्यो भनिने उल्लेख गर्दै उनले अघि भनेे,’अब फेरि सक्रिय भयो भन्ने कुरा होला, यो सक्रिय हुने वा नहुने कुरा होइन, तर यो देशको परिस्थतिले मागेको र समय पनि आएको जस्तो मलाई लाग्छ ।’

उनले आजको दिन परिवारसँग बस्ने दिन भएको उल्लेख गर्दै जनताले चाहे म यो देशको नेतृत्व लिन तयार छु-नागरिकलाई आफूले भनेको कुरा ध्यान दिएर सुन्न पनि आग्रह गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

 

Author: Mirmee Reporter-BN

Leave a Reply

Your email address will not be published. Required fields are marked *