मिर्मीमा युवा भेलाले के निर्णय गर्‍यो? पढ्नुहोस ।


विश्व यूवा दिवसको अवसर पारेर कालिगण्डकी गाउँपालिका वडा नं ७, मिर्मीमा युवाहरुको विशेष भेला मिर्मी बहुमुखी क्याम्पस (निर्माणाधिन भवन) मा आज सम्पन्न भयो । भेलाले मुलत: यस क्षेत्रको आगामी दिनहरुमा हुने विकाश निर्माणका कार्यहरुलाई प्राथिमकतामा राखेको थियो । भेलामा बजेट बिनियोजन पस्चात अब यसको कार्यन्वयनलाई तिव्रता दिने तर्फ जोडतोडका साथ लाग्नु पर्ने र महत्वपूर्ण कामहरुलाई समयमै सक्न युवापंक्तिले बिशेष भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दीइयको थियो ।  खेलमैदान निर्माण, व्यवस्थित बसपार्कको अवधारणा, युवा स्रीजनशिल कार्यक्रम तथा अन्य महत्वपूर्ण बिषयमा भेलामा छलफल भएको थियो ।

Author: Mirmee Reporter

Leave a Reply

Your email address will not be published. Required fields are marked *