सबैभन्दा बढी नाफा गर्ने मुक्तिनाथ विकास बैंक

 नेपाल राष्ट्र बैंकको पुँजीवृद्धि नीतिसँगै बैंक तथा वित्तीय संस्थाहरुको संख्या घट्दै गएका छन् । हाल वाणिज्य बैंकको संख्या २८ कायम रहेको छ भने राष्ट्रिय स्तरका विकास बैंकहरुको संख्या १ दर्जनमा समेटिएको छ ।
हालसम्मको अवस्थामा ४ वटा वाणिज्य बैंकहरुले तोकिएको चुक्ता पुँजी पुर्याइसकेका छने भने विकास बैंकमध्ये महालक्ष्मी विकास बैंकले मात्रै तोकिएको पुँजी पुर्याएका छन् भने अन्यमध्ये धेरैले गत आवको नाफाबाट बोनस दिई तोकिएको पुँजी पुर्याउने योजना अघि सारेका छन् । कतिपय वाणिज्य बैंक तथा विकास बैंकले भने अन्तिम प्रहरमा आएर हकप्रद तथा अन्य विकल्पबारेमा समेत छलफल गरिरहेको पाइएको छ ।

महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट गाभिएसँगै अब राष्ट्रिय स्तरका विकास बैंकहरुको संख्या १२ कायम हुन पुगेको छ । त्यसमा टुरिज्म डेभलपमेन्ट बैंकले केही समयअघि मेगा बैंकसँग मर्जरको सम्झौता गरे पनि हाल प्रक्रिया स्थगित भइरहेको पाइएको छ । यीमध्ये पनि केही बैंकहरुको चुक्ता पुँजी आवश्यकभन्दा निकै कम रहेकाले संख्या अझै घट्नसक्ने देखिन्छ ।

यी विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकले गत आवको चौथो त्रैमासको विवरण सार्वजनिक गरिसकेको छ भने अन्यको विवरण सार्वजनिक हुन बाँकी छ । हाल मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा सो बैंकले ६१ करोड बराबरको हकप्रद शेयर निष्काशन गरी पुँजी २ अर्ब १५ करोड कायम गर्ने र त्यसमा गत आवको नाफाबाट कम्तीमा ३५ करोड बोनस दिई तोकिएको पुँजी पुर्याउने योजना रहेको जनाएको छ ।

बाँकी १० विकास बैंकहरुले पनि हकप्रद र बोनसलाई नै पुँजीवृद्धिको माध्यम बनाउने योजना देखाएका छन् । कतिपयले मर्जर गरेर पुँजी बढाइसकेको पनि अवस्था छ ।

.………

प्रतिवेदन अनुसार सबैभन्दा बढी नाफा गर्ने मुक्तिनाथ विकास बैंकले प्रतिशेयर ३०.४३ रुपैयाँ आम्दानी गरेको छ भने सबैभन्दा कम हालको लुम्बिनी विकास बैंकले ७.४१ रुपैयाँ मात्रै कमाउन सकेको छ ।

Author: Mirmee Reporter-BN

Leave a Reply

Your email address will not be published. Required fields are marked *