पोखरामा गो- कार्टिन सुरु हुने

पोखरामा गो- कार्टिन् व्यवसाय सुरु हुने भएको छ। गो- कार्ट फर्मुला -१ को मिनी रुप हो। करिब ३ करोडको लगानीमा बन्ने यो व्यवसाय काठमांडौ उपत्यका बाहिर पहिलो हो।

पोखरा सिमल चौरका प्रबिज जोशीले २०१८ बाट सुरु हुने गरि गो- कार्ट प्रोजेक्टको फ़ीज़िबिलिटी अध्ययन चलिरहेको बताए। जोशीको टिममा थाई ल्यान्डडका अटोमोबाईल ईन्जिनियरहरु समेत छन्। जापानको होन्डा कम्पनिमा निर्मित ईन्जिनहरु असेम्ब्लिंग गरेर ५ रोपनी जग्गामा पोखराको भलाम आसपासमा आउटडोर ट्रैक निर्माण गरि गो-कार्ट रेस र ईन्टरटेन्मेन्ट दुबै थरि गो-कार्ट (कार) सन्चालन गरिने उनले बताए। जोशी थईल्याडको रास्त्रिय विज्ञान तथा बिकास एजेन्सीमा अटोमाबाईल क्षेत्रको अध्ययन तथा जापानको एक विश्वबिध्यालयमा रिसर्च गरेका छन्।

कार रेसिंग गर्न मन पराउने हरुलाई गो-कार्ट नयॉ अवसर हुनेछ। गो-कार्ट ईन्टरटेन्मेन्ट भने गाडी ड्राइविंग अनुभब नभएकाहरुले समेत १ घण्टाको प्रशिक्षण पछि खेल्न सक्ने उनले बताए। जोशी सहित अन्य ३ जनाको सामुहिक लगानीमा २०१८ को अक्टोबरबाट व्यवसाय संचालनमा आउने छ।

SaveSave

Author: Mirmee Reporter-BN

Leave a Reply

Your email address will not be published. Required fields are marked *