मिर्मीका गौरव पाण्डे राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा प्रथम

भगवती नमुना माध्यमिक विद्यालय, मिर्मी स्याङजाका गौरव पाण्डे विद्यालय स्तरीय राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका छन । 

 पाठ्यक्रम विकास केन्द्रले बुधबार राजधानीमा आयोजना गरेको विद्यालय स्तरीय राष्ट्रिय प्रतिभा पहिचान प्रतियोगिता–२०७४ मा पश्चिमाञ्चल विकास क्षेत्रबाट प्रतिनिधित्व गरेका पाण्डेले प्रथम स्थान हासिल गर्न सफल भएका हुन । पाण्डेले अन्य ४ विकास क्षेत्रका प्रतियोगिलाई पछि पार्दै भाषा तथा साहित्य विधामा प्रथम भई ४० हजार नगद तथा प्रशंसा पत्रबाट पुरस्कारबाट पुरस्कृत भएका छन । 

 भगवती नमुना मावि कक्षा ९ मा अध्ययनरत गौरव पढाईका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल रहेको उनका शिक्षक रामप्रसाद पाण्डे बताउछन् । मेरो दृस्टि नामक अनलाईनसँग कुरा गर्दै वहाँले भन्नुभयो “वास्तवमै गौरवको नाम जस्तै उसको प्रस्तुति पनि गौरव गर्न लायक छ जसका कारण आज राष्ट्रिय प्रतियोगीतामा प्रथम हुँदा हामी सबै विद्यालय परिवार खुसीले गदगद छौं ।” जिल्ला तथा क्षेत्रीयस्तर सम्मका दर्जनौं प्रतियोगितामा सहभागी भएका गौरवको राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएको यो नै पहिलो पटक थियो । पहिलो पटकमै प्रथम हुन सकेकोमा खुसी व्यक्त गर्दै यसको मुख्य श्रेय परिवार तथा विद्यालयको रहेको र यसले आगामी दिनमा आफुलाई अझै राम्रो गर्ने प्रेरणा जागेको उनी बताउछन ।

 शिक्षा मन्त्रालय, पाठ्यक्रम विकाश केन्द्रको आयोजनामा देशका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिभा पहिचान गर्ने उद्देश्यले केहि महिना अघिदेखि शुरु गरिएको यो प्रतियोगिता श्रोतकेन्द्र, जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय हुदै केन्द्रमा आएको हो । देशभरका विद्यालयबाट छनौट भई ५ विधामा ५ क्षेत्रका ५ जना प्रतिभा केन्द्रमा प्रतिस्पर्धाका लागि सहभागिता जनाएका थिए । 

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: