मिर्मीफाँटमा बन्दै शिवालय मन्दिर

मिर्मीफाँट स्थित नवमिर्मिरे यूवा क्लब र आमासमूह द्वारा संयुक्तमा शिवालय मन्दिर निर्माण कार्य सुरु गरि अहिले मन्दिरको चौथो चरणको ढलान सम्पन्न भैसकेको छ । मन्दिर निर्माणका लागि आर्थिक सहयोग जिविस (साविक), स्थानिय बासिन्दा तथा रोजगारीको सिलसिलामा जाने परदेश बस्ने महानुभावले जुटाउनु भएको थियो । मन्दिर बनेपछि विवाह, ब्रतबन्ध तथा अन्य धार्मिक तथा सामाजिक कार्यको लागि सहज हुने स्थानिय शिक्षक तथा समाजसेवि हरिप्रसाद भट्टराईले बताउनुभयो । साथै मन्दिर संगै पौवाको निर्माण कार्य समेत अगाडि बढाउने जानकारी दिनु भयो ।
मन्दिर निर्माण पस्चात गाउँको शोभा बढ्ने र सामाजिक तथा धार्मिक कार्यक्रम मन्दिर बाटै गर्न सहज हुने भयकाले मन्दिर अत्यावस्यक रहेको जानकारी स्थानिय समाजसेवी युगराज न्यौपानेले दिनु भयो । मन्दिर तथा पौवाको निर्माणका लागि बिदेशमा रकम संकलन गर्नु भएका गायक तथा समाजसेवी छबिकिरण भट्टराई मन्दिरको लागि आवश्यक परे थप आर्थिक संकलन कार्य गर्ने साथै मन्दिरलाई सुन्दर र ब्यवस्थित बनाउनेमा जोड दिनु भयो ।

Mandir

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: