स्याङ्गजा सहयोग समाज युएईको नयाँ कार्यसमिती, अध्यक्षमा गैरे

रोजगारीको शिलशिलामा स्याङ्गजा जिल्लाबाट युएईमा आएका नेपालीहरूको साझा सस्था, स्याङ्गजा सहयोग समाज युएईको हालै सम्पन्न चौथौ अधिवेशनले खगेन्द्र गैरेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

समाजको वरिष्ठ उपाध्यक्षमा हरि डुम्रे, उपाध्यक्षमा राजु केशी र प्रेम भण्डारी, महासचिव ओमकार पोखरेल , सचिव पर्शुराम भण्डारी (कल्पित) र प्रकाश ढकाल , कोषाध्यक्ष डिल्लीराज न्यौपाने (दिपक), सह–कोषाध्यक्ष जिवन प्रसाद पाठक र प्रवक्तामा मनु क्षेत्री चयन भएका छन् ।

यस्तै सदस्यहरूमा मित्रलाल पाण्डे, हरि अधिकारी, आरती वाग्ले, पिताम्वर अर्याल, प्रदिप भट्टराई, यमनसिंह रानाभाट, सबिना पराजुली डुम्रे, बिष्णु गैरे, बिर बहादुर थापा, मिनाकुमारी गैरे र अर्जुन न्यौपाने चयन भएका छन् ।

भेलाले संगठन विभाग प्रमुख गोविन्द भट्टराई, महिला विभाग प्रमुख यशोदा पराजुली र अनुशासन विभाग प्रमुखमा लेखनाथ न्यौपानेलाई चयन गरेको छ ।

निर्वाचन समितिका संयोजक एकेन्द्रबहादुर थापाको सभापतित्वमा सम्पन्न दोस्रो चरणको कार्यक्रमबाट सर्वसम्मत रूपमा नया कार्यसमिति चयन भएको हो । समाजका निर्वतमान अध्यक्ष कृष्ण न्यौपानेको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, एन आर एन युएईका अध्यक्ष रमेश श्रेष्ठ, लक्ष्मण खनाल लगायतले शुभकामना दिएका थिए ।

सन् २०११ मा स्थापना भएको यो संस्थाले युएईमा आएर समस्यामा परेका नेपालीहरूलाई बिभिन्न माध्यमबाट सहयोग गर्दै आएको छ । त्यस्तै गरि आफ्नो जिल्लामा कम्प्युटर शिक्षा , वृद्धाआश्रम लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ।

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: