MFC को सबैमा अनुरोध

No Comments

सवारीधनि एव चालकहरुका लागि तपसिलका नियमहरु पालना गरिदिनुहुन अनुरोध छ। 
”सफा मिर्मी हाम्रो अभियान, सभ्य मिर्मी हाम्रो पहिचान” भन्ने मूल नाराका साथ मिर्मी सफाई अभियानमा जुटेको यस क्लबले सवारीधनिका लागि केहि नियमहरु बनाएको छ र सवारीधनि एवं चालकहरुमा यो अनुरोध छ कि ति नियमहरु पढी आफ्ना यात्रुहरुमा पनि जानकारी गराईदिनुहोला ।
नियमहरुः

१. बजार एवं विद्यालयहाता भित्र सवारी तिब्र गतिमा नहाकौँ ।

२. अनावश्यक रुपमा अरुलाई हानीपुग्ने गरि हर्न (Horn) नबजाऔँ ।

३. वातावरणलाई हानी पुग्ने गरि प्लाष्टिकजन्य पदार्थहरु जथाभावि नफ्याँकौँ । यात्रुहरुलाई पनि उक्त कुराको जानकारी गराई उचित स्थानमा व्यवस्थित गर्न लगाऔँ ।

४. यस क्लबद्वारा फोहोर व्यवस्थापनको लागि विभिन्न स्थानमा डस्टबिनहरुको व्यवस्था गरिएको छ, फोहोर एवं प्लाष्टिकजन्य पर्दाथहरु उक्त डस्टबिनमा व्यवस्थापन गर्न हार्दिक अनुरोध गर्दछौँ ।

५. असभ्य शब्दको प्रयोग एवं अनावश्यक हो–हल्ला नगरौँ ।

६. यदि तपाई वा तपाईका यात्रुहरुद्वारा फोहोर एवं प्लाष्टिकजन्य पर्दाथहरु ज्थाभावि फ्याँकेको पाईएमा यस क्लबद्वारा सवारीधनि वा चालकलाई रु.५००÷– जरिवाना तिराइने कुरा जानकारी गराउन चाहन्छौँ ।

७. ट्राफिक नियमको उचित पालना गरौँ, सभ्य नागरिकको परिचय दिऔँ ।
(माथि उल्लेखित नियमहरुको सहर्ष पालना गर्नका लागि सवारीधनि एवं चालकहरुमा अनुरोध छ । माथि उल्लेखित नियमहरुको उल्लङ्घन गर्ने सवारीधनि एवं चालकहरुलाई यस क्लबद्वारा दण्डजरिवाना एवं कारवाहिको दायरामा ल्याइने कुरा जानकारी गराउन चाहन्छौँ ।)

मिर्मी फ्रेण्डस् क्लब परिवार

Categories: Mirmee News

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: