शुभ विहानी !!

No Comments

स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्णमा शुभ विहानी !!
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको एेतिहासिक तथा प्रथम प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । नेपालीले नयाँ जनादेश मतदान मार्फत प्रकट गरिसकेका छन् । निर्वाचनको दौरान यस मिर्मी पेजबाट विभिन्न राजनीतिक तथा विविध जानकारी प्रस्तुत गर्ने प्रयास गरिरह्यौं साथै स्याङ्जा जिल्लाको मतगणना सम्बन्धी अपडेट समेत गराइरह्यौं । यस दौरान अहोरात्र खटी पोष्ट गर्ने एड्मिन हरुको मुक्तकन्ठले प्रशंसा गर्दछौ ।
सुचना प्रवाहको गतिलो माध्यम बनेको सामाजिक सन्जालको सदुपयोग गर्दै यस क्षेत्रमा हुने विविध कार्यक्रम, अभियान तथा अन्य जानकारी मुलक विषयवस्तु प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।
सार्वजनिक चासोको बिषयमा खबरदारी गर्दै समृद्ध समाज निर्माणको लागि हाम्रो भूमिका आफ्नो स्थानबाट निर्वाह गर्नेछौ ।
आगामी दिनहरुमा समेत तपाईंको साथ सदा सर्वदा पाइराख्ने अपेक्षा गर्दछौं ।
मिर्मी पेज
www.mirmee.com

Categories: Business, Careers

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: